~रमेश भट्टराई ‘सहृदयी’~
बदलिन्छ युग तर स्वच्छन्द कुनै सरकार हुँदैन
कहिन्न कहर विपन्न वेदनामा घरबार हुँदैन
दूरदराजका जलन, अचेतन कुचिन्तन, गन्थन
मर्छ मान्छे, घाउले विह्वल भै विचरा स्याहार हुँदैन
पाखे पाखाको, थोत्रो ढाका टोपी पहिरन नै छिः छिः भो भो
नक्कल विदेशी पाटि, डिस्को वाह वा ! छेका तार हुँदैन
सम्पन्न भै पश्चिमी सुखको आशाले मोडिँदा पूर्वतिर
छोड्ने कला, संस्कृति हाम्रो जीवन यान्त्रिक पार हुँदैन
फेरिन्छ तन्त्र, फेरिन्न स्वभाव मान्छे उही चाला उही नै
निरीह जीवन, उही हो चेतना नयाँ आधार हुँदैन
जीवनको सप्तकोशी बहन्छ आँसुकै कहर खोतल्दा
न सत्य, सत्य हो उघार्दा मखुन्डो सत्य संसार हुँदैन ।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )