~कृष्णराज पौडेल~
…..जनतालाई सधै सेवाको
राजनीति भन्नेहरू
गरिबलाई झण्डा बोकाउनेहरू
भाषणमा अधिकारका फुलमाला अविरघस्नेहरू
सधै शक्ति र सत्ताको पछाडि
कुर्सीको जरामा अल्झिरहन्छन्
झुटा मुद्दा खारेज गर
निर्दोष बन्दी रिहा गर भन्दै गर्दा
पुलिसका बुट छातीमा बजारिन्छन्
मेरा पवित्र आवाजहरूमाथि लौरो बर्सिन्छ
यसरी मेरो विचार स्वाभीमान
खै कसरी तर्सिन्छ ?
के ले गरुँ ईशारा
बद्नाम र बद्मास बनाउनलाई
मेरा औँलाहरू एक एक खोसिन्छन्
दुई हात हतकडीमा कसिन्छन्
आँखाका नजरहरू बन्द भित्तामा ठोकिन्छन्
मेरो आवाज सुन्ने मात्र कैदी बनेका छन्
अत्याचार र पीडाको हुँकारमा भन्दैछन्
कमरेड क्रान्ति कहिले गर्ने ?
यस्ता यस्ता शब्द छिनछिनमा बोलिन्छन्
यस्तै आक्रोस छिनछिनमा पोखिन्छन्
दमनकारीले पीडा मात्र दिएको छ
बधशालाभित्र ।
(हालै प्रकाशित अखिल (छैठौँ)को मुखपत्र‘योद्दा’भित्र रहेको कविताको एक अंश)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३३ – July 7, 2014 – २०७१ असार २५ गते, बुधबार)