लघुकथा : अध्यक्ष

~रजिन पनेरु~

दर्शकदिर्घामा तीस-पैंतीस जना मानिसहरु थिए । म पनि कसैबाट बोलाइएको थिएँ । कार्यक्रम स्थल छेवैमा गएर बसें । “पुस्तक लोकार्पण तथा नियमित रचनावाचन कार्यक्रमका” लागि अगाडि तुल टांगिएको थियो । मन्चमा लहरै कुर्चिहरु मिलाएर राखिएका थिए । “पोडियम” मा आड लगाउंदै उद्घोषकले कार्यक्रमको सुरुवात गरे ।

औपचारिक रुप दिंदै उनले भने – ” अब म कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनुहुन यसै संस्थाका श्री आश प्रसाद शर्मा ज्युलाई हार्दिक अनुरोध गर्दछु ।” पररर तालिको आवाज जताततै गुन्जिन पुग्यो । अध्यक्षज्युको आग्या अनुसार उद्घोसकले कार्यक्रमका लागि भनि आशन ग्रहणको क्रमलाई अगाडि बढाउन थाले । एक पृष्ठ लामो अतिथिका नाम सरर वाचन गरियो । दर्सक दिर्घातिर हात हल्लाउँदै अतिथिगण मन्चासिन हुन पुगे । विभिन्न संघ – संस्थाका अध्यक्षज्यु तथा प्रतिनिधिबाट मन्च भरियो । हेर्दा – हेर्दै दर्सक दिर्घामा म र केही पत्रकार साथीहरु मात्र बाँकी रह्यौं ।

उद्घोसक फेरी कड्केर बोले – ” आशन ग्रहणको क्रम अहिलेलाई यत्ती नै, पछि यसलाई हामी निरन्तरता दिनेनै छौं ।” कार्यकमको बिचैमा पत्रकारहरु आ-आफ्नो बाटो लागे । अब भने दर्सक दिर्घामा म र मेरा केही साथीहरु मात्र बाँकी रह्यौं । मन हीनता र खीनताले भरियो । सोच्न थालें – ” म किन कहिल्यै , कतै पनि आशन ग्रहण गर्न योग्य हुन सकिन ?”

उत्तर सहज थियो – ” किनकी म कुनै पनि संघ – संस्थाको गरिमामय पदमा पुगेकै छैन । अनि कसरी हुनु त आशन ग्रहणका लागि योग्य ? “

निकै असह्य भएपछि दर्शक – दिर्घाका साथीहरु लाई बटुल्दै भने -” साथी हो ! आउनुहोस्, हामी पनि तुरुन्तै एउटा संस्था खोलौं, अहिल्यै, आजै र पदिय जिम्मेवारी पनि बाँडौं ।” सबैको चित्त बुझे छ कि क्या हो समर्थनमा ताली बजाए । एकै छिनको छ्लफल पछि “दर्शकदीर्घा पीडित प्रतिष्ठान” नामक संस्थाको जन्म भएको घोषणा गरियो । सहमतिय प्रणालिको आधारमा दुई बर्षिय कार्यकालका निम्ती म नै त्यस प्रतिष्ठानको अध्यक्ष बनें ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.