बहरबद्ध गजल : बेदना बर्षियो

~जीवराज बुढाथोकी~

रोग भै देशको, बेदना बर्षियो ।
मार्ग त्यो शान्तिको, गर्भमै अल्झियो ।

भावना ती अझै, जीवितै छन् तर,
हेर पासा कता, बिपरीत् फर्कियो ।

खोइ को सक्छ त्यो, भन्न केही अब,
बन्द नाका भर्इ, थोक सब् भाँडियो ।

चस्कने छातिमा, नागरिक् भैदिंदा,
बिर्सने के गरी, भावनै रेटियो ।

निस्कियोस् मार्ग त्यो, गर्न केही अब,
बित्नलाग्यो सबै, खेर सब् गैदियो ।

मुफरद बहरः मुतदारिक मुसम्मन सालिम
सुत्रः (रुक्नः फाइलुन्, संकेतः २१२x४ (SISx4),
मात्राः गु.ल.गु., अर्कानः ४)
संरचनाः १२ वर्ण प्रत्येक ३ वर्णमा विश्राम

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.