कविता : त्यही नै देखिन्छ त्यहाँ

~योगेन्द्र काउचा~

उसलाई पो थाहा छ
धर्तीको महत्व
जो एक चिम्टी माटोको निम्ति
एक इन्च धर्तीको निम्ति
आफु सगँ भएभरका जति
जुक्ति बुद्धि लगाएर
सबै थोक गुमाएर
खुला ईतिहाँसको पाना बनेको छ
जसलाई फर्काइ फर्काइ हेर्न मिल्छ ।
अँ साँच्ची ! त्यहाँ त
बिजय उत्सव पर्खिएर
कर्नाल र दमाहाका आवाजहरू
आक्रोशमा चर्किएका अट्टहासका आवाजहरू
जो युद्ध भूमिमा बज्ने गर्छ
सुनिने गर्छ
त्यही नै देखिन्छ त्यहाँ ।
मेरी आमाका पसिना र पौरखहरू
उछिट्टिएका छालाका कत्लाहरू
आवेशमा निस्किएका
मोतीका दाना जस्ता आँशुहरू
घृणाले भरिएका थुक र खकारहरू
बैँशमै पोखिएका सिन्दुरहरू
पोतेर चुराहरू
रित्तिएका कोखहरू
सबै सुगन्ध र रंगहरू
सबै अवशेष र भग्नावशेषहरू
यही माटो
यही पाईतला मुनिको माटो
कुल्चिँदै हिडिएँको माटो भित्र छ
न यसलाई छोएर हेरिन्छ
न यसलाई सुँघेर हेरिन्छ
न यसको अर्थ र महत्व खोजिन्छ
बरू अपमान र खेलवाड गरिन्छ
बरू मिचिएको सिमा टुलुटुलु हेरिन्छ
बरू पराईको अधिकार र घरबार जोडिन्छ
कुर्सिकै लागि
सबै हत्कन्डा प्रयोग गरिन्छ
तिमीलाई धिक्कार छ ।
सधै अँध्यारो कहाँ हुन्छ र ?
यथार्थ त यस्तो रहेछ,
यी माटो
पाईतला मुनि कुल्चिएको माटो
बारम्बार मैले छोएर हेरेँ
ती कति कोमल र भावुक छन्
कति आशा र उर्जा बचेँका छन् ।
कि त आकाशलाई थाहा होला
जहाँ बिजुली चम्कन्छ
कि त धर्तीलार्ई थाहा होला
जहाँ ज्वाला र आगो ओकेल्छ
आखिर जीवनको अर्थ माटो भित्र रहेछ
कर्तव्य पनि त माटोलाई बोध रहेछ
त्यसैले त
उस्तै उस्तै पहिरन पहिरिएर हुँदैन्
देशको भुमि खुम्चिँदै जाँदा
आगनहरू अनाहकमै जलमग्न बन्दा
घरका पिँढीहरू भत्किन लाग्दा
आँ गरेर बोल्न नसक्ने
अघि पछि
भाषण र कुर्सिका रगं मञ्चमा
आफुलाई धर्र्ती पुत्र सम्झिने
छिमेकीका धड्कन
छाला र अस्थिपञ्जर
सैह्य छैन्
कदाचित हुने छैन्
यी माटोलाइर्२
जहाँ लालीगुँरासका कणहरू भेटिन्छन्
जहाँ गौरबपूर्ण बलिदानहरू भेटिन्छन्
जहाँ साँचो नेपाली धर्ती पुत्रहरू
जीवनको बाजी राखेर लडिरहेछन्
सबैको भावना र हत्केला जोड्न खोजिरहेछन् ।

–गुल्मी

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३६ – 31 July, 2013 – २०७० साउन १६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.