~शेखर ‘अस्तित्व’~
खाने अनि देखाउने, छुट्टा-छुट्टै दाह्रा किन ?
तैंले बोल्दा महावाणी, मैले बोल्दा नारा किन ?
तेरा काला जुत्ता सधैं,फूलहरू कुल्ची हिंड्ने !
मेरै नांगा खुट्टालाई, कांडा र तगारा किन ?
नाम तेरै, दाम तेरै, जून तेरै, घाम तेरै ?
तेरो मात्रै जमिन्दारी, अनि म कमाराकिन ?
‘अस्तित्व’को लड़ाईमा संकल्पकै जीत हुन्छ !
आँखाभरी स्वप्न बोक, व्यर्थै अश्रुधारा किन?
खाने अनि देखाउने, छुट्टा-छुट्टै दाह्रा किन ?
तैंले बोल्दा महावाणी, मैले बोल्दा नारा किन ?
बुटवल–६
हाल : मुम्बई,
07-03-2014