गजल : जान मन लाग्यो

~राजेन्द्रप्रसाद आचार्य~

अमृतमा भिजिरहेको रैछ मन गोडेर जान मन लाग्यो
सुन्दरताका मुहानहरु सवै जोडेर लान मन लाग्यो

ए परी, स्वर्गबाट कहिले झरेकी तिमी यहाँ ?
तिथी मिति वार गते सवै कोरेर लान मन लाग्यो

एकै दृष्टिमा मनभित्र बस्यौ स्वर्ग नै लिएर आँखामा खस्यौ
एक खित्का सुन्दर हाँसो चोरेर जान मन लाग्यो

केही त बोल मेरो याचना माथि, ए साथी !
जुनी जुनी तिम्रै तस्वीर कोरेर बस्न मन लाग्यो ।

(स्रोत : मधुपर्क – पुष २०६३ : वर्ष ३९ : अंक ८ : पूर्ण अंक ४५१ Vol.39 No.8 – December – January 2006 / 07)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.