~ज्ञानेन्द्र गदाल~
आउनै पर्ने थियो राजा, साहस बोकी आयौ
गरीवको मुहारमा एउटा सानो खुशी ल्यायौ ।
मनभरी वनभरी आगो सल्की राको बेला
मर्ने बांच्ने दोसांधमा जीवन तड्पिराको बेला
तिम्रो सन्देशसंगै हाम्रो मझेरीमा शान्ति ल्यायौ
भ्रष्टाचार र घुसियाको घैंटो फोर्ने क्रान्ति ल्यायौ
शान्तिको यो अनुभती बिलाउन दिनु हुन्न
क्रान्तिको यो यात्रालाई सेलाउन दिनु हुन्न ।
उजाड थियो धर्ति सारा, आकाश पनि रित्तो थियो
कोटी कोटी नेपालीको जीवन त्यसै बित्दो थियो
राजा भई यस्तो हालत हेरी बस्नु व्यर्थ हुन्थ्यो
गरीव दुःखी जनताको धुरु धुरु मन रुन्थ्यो
यस्तो अन्धकारलाई चिर्ने हिम्मत साथ उदायौ
गरीवको मुहारमा एउटा सानो खुशी ल्यायौ ।
-अक्टुबर ८, २००२, डेन्भर, कोलोराडो