~डा.शैलश भण्डारी~
पिरती
तिम्रो मुहारको चमक हेर्दा हेर्दै
मेरो दृष्टी त्यहीं फसेछ अन्त झट्टै गएन
कुन झमकमा पिरती बसेछ पत्तै भएन ।।
आँशु
मेरो परेलीबाट झरेका आँशु हेरेर तिमी चित्त नदुखाउनु
किनकी आँशु त त्यो तिमै्र हो
जुनबेला मैले तिम्रे प्रथम दर्शन पाएको थिएँ
ती जादुपूर्ण आँखाहरुलाई मैले मेरै परेली भित्र लुकाएको थिएँ ।
मेरिल्याण्ड, २६ जुलाई २००२