कविता : त्यताको रात

~भूपेन्द्र अधिकारी~

त्यतातिर रात प्रदैन क्या हो
मानिस जहिले पनि
बिउँझिएका छन्
आँगनभरि बारूदका बिस्कुन सुकाएर
तेसरिएर बन्दुकका नाल
किनेका परिक्षम र पसीना बेचेर
चढाइ र लडाइ गर्ने
मुटुभरि रहर बोकेर
दया, माया, शान्तिलाई
ताकमा सजाएर
दुन रात एक गरेर
जितुँला र सौख गरूँला भनेर
निर्धक्क बसेका छन्
मौका पर्खेर।

– 360 गढ़ी, देहरादून केन्ट – 3, उत्तराखण्ड

(स्रोत : रचनाकार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.