~कर्ण थामी~
जीवन आज मेरो सधैँ झैं मायालु बनी रोइउठे
साँची प्रतीक्षा हृदयभरि तिम्रो यादमा तड्पिरहें।
रात अँध्यारो यो चक्कमन्न कोठा
लड़िरहेछु म यहाँ असहाय बनी
कस्तो आस्था रहेको यो तिमीमा
तिमी मकहाँ आउँथ्यौ भनी।
खट्खटाउँछ कसैले जब ढोका मेरो
आए छौ तिमी भनी मन खुसी हुन्छ
जब ढोका खोलिदिन्छु उफ् निष्ठुर
अरू कसैको आकृति आँखाअघि पर्छ।।
(स्रोत : रचनाकार डट कम)