~सुकराज दियाली~
तिरस्कारको चोट नसोध मलाई
सुनाउने मेरोमा आवाज छैन।
लहनाको परिभाषा नकोर्न मलाई
मनाउने मेरोमा मुटु छैन।
पीरहरूकै छहारीमा डुलिहिंड़ें
समाधान कतै पाइनँ।
मर्काहरूकै लहरमा बाँचिरहें
शान्ति कतै पाइनँ।
मनको दीयो कहाँ बलेन
जीवन बाँच्ने बहनामा।
विरहको बिगुल बज्न छोड़ेन
उराठलाग्दो यो जीवनमा।
-सिलगढी
(स्रोत : रचनाकार डट कम)