~के.वी. राणा~
पहिलो बारीमा रोप्यो फूल अनि आँगनमा
भएन गमलामा सजायो फूल
मान्छे किन यति निष्ठुरी गुच्छा – गुलदस्ता बाँध्न सिकायो।
नाम राख्यो गणेश, महेश, रुद्र, इन्द्र र देवी देवता
हरे राम, हरे कृष्ण
मान्छेको मन अघाएन अझै – तस्बीर बनाई फ्रेमभित्र टाँसिदियो।
वैंशमा रमायो, उड़ायो, दगुऱ्यायो सग्लो जीवन
भएन कुनै सृजनाको काम
गए अनमोल दिन गरिएछ ठूलो भूल मुटुमा चस्किँदै छ शूल।
(स्रोत : रचनाकार डट कम)