कविता : सुर्ता र शुभेच्छा

~अमर बानियाँ लोहोरो~

के गर्छौ र! माली
भित्रभित्रै कीट लागिसकेको
कमिलाले जरा काट्दै गरेको
फूलहरूमा मल हाली…

के सप्रिएला र! माली
बाहिर गोडमेल गरेर
केवल पानी हारेर
तिम्रो मनको फूलबारी…!

मेरो पनि चाहना छ माली
प्रकृतिले साथ दिऊन्
बोटहरू फेरि सप्रिऊन्
परिवेश पुन: झलमल पारी…

यही शुभेच्छा छ साथी
आउँदा सांस्कृतिक वसन्तमा
साझा हृदयका शरदमा
हाँसून् फूलहरू मनदीप बाली…!

(स्रोत : रचनाकार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.