~दिनेश अधिकारी~
मलाई त घाउ छोप्ने बहाना हो हाँसो
दुनियाँको आँखा तर त्यही हाँसोमा बस्यो
खुसी जस्तो देखिन्छु म पीर लुकाउन
हेर्नेको मन् तर त्यही सतहमा खस्यो !
के ले रोक्छ केले छेक्छ अझै भन्न सकिन म
अघि बढ्ने ठाउँ छैन पछि हट्न सक्तिन म
यस्तै हो कि सबैलाई जिन्दगीको बाटो
बाहिर हेर्दा सबै राम्रो भित्रभित्रै फाटो !
कहिलेसम्म यसैगरी आफूलाई ढाँट्ने होला
मुहारमा कस्को कस्तो अनुहार टाँस्ने होला
छातिभित्र सबैसित यस्तै छ कि गाँठो
जताबाट ताने पनि आफैलाई पासो !
– काठमाडौं