~मंगलसिंह सुब्बा~
मैले भुलेको छुइनँ
हिउंमा खाली खुट्टा हिंड्दा ठिहिऱ्याएको,
काँडा, बोतलका टुक्रा वा
चुच्चो ढुङ्गाले बिजाएको
घाम लाग्दा सिमेन्टको भुइँ
तातो ढुङ्गा वा बालुवाले पोलेको,
पानी पर्दा बगुवा पानीमाथि हिंड्दा
एक तमाशको आनन्द आएको, दुनियाँ भुलेको,
बर्खामासमा फुटबल खेल्दा
गोली जिप्टिएको वा
मैदानी भेलमा भारी भएको
फेरि मच्चिएर गोली हान्दा
खुट्टा मडारिएको
कत्तिपल्ट बुढी औंली रग्ताम्मे भएको
तर म, कुन्नि किन, बिर्लै सक्दिनँ –
शरदमा यथोष्ट पत्करमाथि सऱ्याप्प सऱ्याप्प गर्दा हिँड्दा
मंगल भएको।।
(स्रोत : रचनाकार डट कम)