~प्रकाशमणि दहाल~
युधिष्ठिरले उत्तर दिएका प्रसिद्ध यक्ष प्रश्नमध्ये एउटा थियो, संसारको सबैभन्दा ठूलो आश्चर्य के हो र उनको उत्तर थियो, दिनहुँ हुने मृत्यु देखेर पनि आफूलाई चाहिँ चिरञ्जीवीजत्तिकै ठान्ने मानव स्वभाव । टाल्स्टायको एउटा कथामा पनि यो प्रसंग आउँछ, अलिक भिन्न पारामा । त्यहाँ यमराज एउटा दूतलाई सजाय स्वरूप तीन सत्य जानेर आउन मत्र्यलोक पठाइदिन्छन् । तीमध्ये एउटा थियो, मानिसलाई आफ्नो मृत्युकाल थाहा नहुने वास्तविकता । कथामा यमदूत पछाडि लागिसकेको एउटा सेठलाई उत्साहपूर्वक विवाहको तयारीमा मस्त देखाइएको छ ।
तर, युधिष्ठिरले भने पनि मान्छेको यो स्वभावमा त्यस्तो आश्चर्य लाग्दैन । कारण हरेक जीवित वनस् पति वा जनावरले अन्तिम क्षणसम्म सांसारकि व्यवहार गर्दै रहनु जीवनको यथार्थ हो । जीवन र अन्य सबै भौतिक वस्तु क्षणभंगुर हुने जान्दाजान्दै पनि सदैव गतिशील र त्यसका निमित्त प्रयासरत रहनु नै जैविक, प्राकृतिक सत्य हो, वर्डस् वर्थले ‘बाउन्ड इच टू इच इच बाइ नेचुरल पाइटी’ भनेजस्तै ।
तर, मृत्युकाल थाहा नभए पनि एकदिन मर्नुपर्ने त थाहा हुन्छ नै र पनि मान्छे सधैँ बाँच्नेजस् तै मानवीय प्रेम-सहभाव-नियम-नैतिकता सबै लत्याई मिडास बन्न र त्यस मार्गमा परेका जोसुकैलाई जसरी पनि हटाउँदै रावण बन्न किञ्चित मान्दैनन् ।
त्यसैले मृत्युलाई सम्भिmनु भनेको सो जिउने संघर्ष वा निरन्तर क्रियालाई अस् वीकार गर्नु नभएर त्यस् ता काम गर्न मरहित्ते नगर्नु, जुन यस दुई दिनको रामछायाका निमित्त आवश्यक हँुदैन भन्ने मात्र हो । त्यसो भए अरूका त्यस् तै स्वाभाविक चाहना कुण्ठित हुने र त्यसका कारण विग्रह र अशान्ति उत्पन्न हुने थिएन तथा सुख ठानेर पहाडजत्रै दुःख नउठाउने चेत आउँथ्यो भन्ने अपेक्षा मात्र हो कविशिरोमणिले निम्न श्लोकमा भनेजस्तै ः
भर्दाभर्दै विषय-सुख-घडा देह लम्तन्न पर्दा
झर्दा सम्पूर्ण सेखी तुजुक पवनले निस्किने जोड गर्दा
सर्दा आपस्त डर्दै परपर धमिलो नाचको अन्त्य पर्दा
गिर्दामा साथ जाने कुनकुन चीज हुन्, सम्झ काम गर्दा ।
तापनि, धेरै मान्छे गर्छन्, अझ जति शक्तिशाली त्यति ज्यादा । मृत्यु मात्र नभएर हजारौँ उपदेश, अनुरोध, संस्मरण पनि बिर्सिन्छन् । अनेक विरोध-प्रतिरोध-कठिनाइ खपेर बरु त्यही गर्छन्, त्यसको विकराल प्रत्युत्पादन देखीदेखी ! यसैमा चाहिँ बरु आश्चर्य लाग्छ, सबैभन्दा घोर, मृत्युलाई बिर्सिएको भन्दा ज्यादा आश्चर्य !
साँच्चै यस्ता नबिर्सिनुपर्ने मृत्युभन्दा आवश्यक अरू धेरै कुरा हुन्छन्, जसलाई काम गर्दा सम्झिन सके धेरै पसिनाको सट्टा थोरै बगाउँदैमा पुग्थ्यो होला, बन्दुकको सट्टा जिब्रो पड्काउँदैमा हुन्थ्यो होला र शत्रुभन्दा मित्र नै बढ्थे होला ।
पुराणमा ध्र्रुवलाई सारा राज्यलाई इन्साफ दिने राजासमेत रहेका पिताको समान स् नेहबाट वञ्चित पारिन्छ ।
हो, पिता अझ राजा पनि भएपछि उनको दायित्व दोब्बर हुन्छ । तर, उत्तानपाद आफ्नो त्यस पितृ र राजकीय दुवै दायित्वबाट विमुख हुन्छन्, किन ? दबाब पर्यो होला तर दबाब नै असल पिता वा शासकको परीक्षण होइन र ? त्यसो त कसैले पनि नराम्रो नगर्नु र सबैले राम्रो गर्नु सबैको हितमै हुन्छ, पतिपत्नी वा परविारका अरू सदस् यले त झन् बढी कारण परविार मात्र होइन, समुदायका समेत -अब त विश्वस्तरमै) मानिसका जीवनको सुखदुःख आपसमा गाँसिएको हुन्छ ।
तर, सौतेनी सही, न आमा सुरुचिले सोचिन् आफ्नो कर्तव्य, न राजाले । अझ यहाँ त पितामाता, शासक र सामान्य मानवसमेत तीनैवटा कर्तव्यको बेवास् ता भयो । एउटा सामान्य गरबिले समेत भएसम्म सबै सन्तानमा बराबर बाँड्नुपर्ने र ऊबाट त्रुटि भए पत्नीले सम्झाउनुपर्ने हुन्छ भने बाहिरबाट ल्याउनु नपर्ने, पैसा नलाग्ने, कहिल्यै नसकिने स् नेहजस् तो कुरामा पनि पक्षपात गर्ने क्षुद्रतालाई के संज्ञा दिन सकिन्छ ?
अझ राज्यको अन्यायका कारण नागरकि विद्रोहमा नउत्रिऊन्, राष्ट्रलाई माया गर्न, त्यसको भलाइमा समर्पित हुनबाट उदास र विमुख नहुन्, भएको जनधन साधन अलिकति पनि खेर नजाओस् तथा दुस् मनले अवसर नपाऊन् भनेर सोच्नेे प्रमुख कर्तव्य राजाकै हो । अझ राजाले त अरू नागरकि र कर्मचारीबाट समेत त्यस् तो नहोस् भनेर सोदाहरण सतर्क हुनुपर्नेमा आफैं कर्तव्यच्यूत हुनु के अपराधै होइन र ? एउटाको मात्र एकलौटी पार्नु भनेको पचासौँलाई विमुख पार्नु हो र त्यस् तो तब मात्र हुन्छ, जब राजकीय दायित्वको पालना हुँदैन ।
कुरा साधारण हो तर के साँच्चै साधारण हो र मानवीय गरमिा र राष्ट्रिय हितका दृष्टिले पनि ? साधारण भन्दैमा लाइनमा पालो मिच्नु हँुदैन । पसलेसँग सामान किनेर फिर्ता हुने एक रुपियाँ पनि लिइन्छ । छिमेकी राज्यले एकै गज सीमा मिचे पनि सह्य हुँदैन । प्रथमतः गल्ती गल्ती हो, जत्रो पनि । अझ सानो गल्ती भनेर बेवास् ता गर्दा त्यसैबाट ठूला गल्ती हुने प्रशस्त उदाहरण देखिएका छन् । साथै, गल्ती सानो वा ठूलो त्यसको विषय, पात्र, परििस् थति अनुसार हुन्छ । एउटा पिताको गल्तीले एउटा परविार पीडित हुन्छ तर एउटा प्रधानमन्त्री, नेताको गल्तीले सारा देश पीडित हुन्छ । त्यो एउटा नजीरसमेत बन्छ । एउटा चिकित्सकको सानो गल्तीले कसैको ज्यानै जान सक्छ र चालकको गल्तीले पचासौँ यात्रीको । हो, राम्रो मनसायले गर्दागर्दै पनि कुसंयोगले गल्ती हुनसक्छ । तर, त्यसो भन्दैमा त्यो क्षम्य हँुदैन ।
तर क्षोभको कुरा, यस् ता विसंगति वा दुष्कृति बढ्ता समाजको माथिल्लो तहबाटै हुन्छन्, जहाँ सबै खाले शक्ति केन्दि्रत हुन्छन् र नियतपूर्वकै गरन्िछन् । त्यहीँबाट त्यो तलतल सञ्चारति हँुदै सारा समाजमा भिज्छ, त्यसलाई विषाक्त र विपन्न पार्दै । कारण माथिको जस् तो गर्नु र हुनु सबैको आदर्श मात्र होइन, बाध्यतै हुन्छ । -सुकृति वा संगति पनि त्यस् तै हुन्छन् ।) भनिएकै छ ः यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जन/सयत्प्रमाणं कूरुते लोकस्तदनुवर्तते ।३।२१। तर, यति कुरा सबै ठूलाले जानेकै हुन्छ, पालना भने कमैले गर्छन्, त्योचाहिँ यथार्थ हो र त्यसो नहोस् भन्नुचाहिँ अरण्यरोदन हुन्छ, आमजीवनमा कहिल्यै नपुग्ने आदर्शजस् तै र यही सबैभन्दा ठूलो आश्चर्य लाग्छ । जस् तो- प्रजातन्त्रको दुहाई दिने नेता व्यवहारमा कहिल्यै प्रजातन्त्र अपनाउँदैन, आपै“mले प्रजातान्त्रिक संस् कारको विकासलाई अवरुद्ध पारेको देखीदेखी । निम्न तहमा थिचिएका जनताका निमित्त काम गर्ने भनेर कहिल्यै नथाक्ने नेताको वास् तविक आचरण निर्मम सामन्तीको जस् तै हुन्छ । भ्रष्टाचारविरोधी भनिनेको घर तस् करहरूका कोसेलीले भरएिको, इन्साफको तराजु लिने न्यायकर्ताकहाँ न्यायको मोलतोल भइरहेको, बालअधिकारको वकालत गर्नेका घरमा बालक नोकर-दाससरह घोटिएको र उत्तरपुस् ितकामा शिक्षक आफ्नो नानीलाई प्रथम पार्न अर्काको नानीलाई कम अंक दिइरहेको हुन्छ, ….।
यही गलत गलत हो र गलतबाट गलतै जन्मिन्छ भन्ने आमजानकारीको कुरा भए पनि गलत गर्नै मरहित्ते गररिहनुचाहिँ सबभन्दा आश्चर्यको कुरा लाग्छ, एकदमै बुझिनसक्नु । सायद यही प्रवृत्तिदेखि वाक्क भएर होला साहित्यकार कृष्णचन्द्रसिंह प्रधानले एउटा निबन्धमा ‘आऊ, हामी सबै अपराध गरौँ’ भन्नुभएको ! स् वयं धर्मराजले यसलाई छोडेर स्वाभाविक प्रकृतिलाई चाहिँ आश्चर्य मान्नु बरु अर्काे आश्चर्य लाग्छ ।
किन त्यसो गर्छ मान्छे ? स् पष्ट छ, दुष्कृति भनेको स् वयंका लागि पनि दुष्कृति नै हो । कसैलाई पिट्नु भनेको आफू पनि पिटिनु र ठग्नु भनेको आफू पनि आत्मग्लानि, आक्रोश, घृणा र सजायभागीसमेत हुनु हो । यसको एउटा जिउँदो उदाहरण हो महाभारत, खूब आदरपूर्वक मानिएको हाम्रो पुख्र्यौली, जसमा खुद भगवान् कृष्णको अगुवाइमा धर्मात्मा भनिने पाण्डव र आफूलाई केहीमा कम नठान्ने कौरवहरूद्वारा करबि ४० लाख जीवन समाप्त पारन्िछ । युद्धपछिको भयावह विसंगतिको कहानी छुट्टै छ । उनीहरूलाई यो युद्ध नगरेर यो विनास रोक्न किन मन नलागेको होला अरू धेरै उपाय हुँदाहँुदै ? हो, कारण जरुर थियो, कारण सधैँ हुन्छ । तर, मुख्य कुरा हुन्छ कारणको उचित समाधान खोज्ने सदासयता । किनभने, सदासयताबाट मात्र सदासयता जन्मिन्छ । नत्र किन त्यसपछि पनि ‘धर्मस् य ग्लानि’ समाप्त भएन, भएको छैन बरु झन् सँगालिएको छ ? सायद बीपीले ठूलो होइन, असल हुनु भन्नुको मतलब यही होला । वस् तुतः अन्य असल उपाय पाउन-अपनाउन नसकेर दाह्रा-नंग्रामै फर्किनु हारै हो मान्छेको, असफलतै हो मान्छे हुनुको !
साँच्चै आश्चर्य लाग्छ मान्छे अनेकौँ षड्यन्त्र, जबरजस् ती र झूटा प्रपञ्चद्वारा सुखशान्ति, उन्नति खोज्छ, काशी जान कुतीतिर लागेभै“m । आश्चर्य लाग्छ, मान्छेको निरन्तर जिद्दीमा जो इतिहासका कालखण्डपिच्छे, भूगोलका क्षेत्रक्षेत्रपिच्छे जानाजान यस् तो विसंगतिको यान चढेर संगतिको शिखर चढ्ने प्रयास गररिहन्छ र स् खलित पनि भइरहन्छ ज्ञान-साधन-समयको अनुपातमा । के विषवृक्ष रोपेर अमृत नफल्ने थाहा छैन ज्ञान-विज्ञान र अनेकौँ उन्नतिको पहाड ठड्याउन सक्षम उसलाई ? तर, मान्छे त्यस् तै अभिनय गर्छ, नांगै भएर पनि विशेष लुगा लगाएको अभिनय गर्दै सहर डुल्ने सम्राटले जस् तै कालो पोतेर गोरो भएको, व्यभिचार गरेर सदाचारी भएको, लुटद्वारा समानता गरेको र नरसंहारद्वारा इन्साफ दिएको अभिनय !
उँधो हिँडेर उँभो पुग्ने यस् तै सपना देखिन् महारानी लक्ष्मीदेवीले पनि स् वाभाविक परम्परालाई उल्टाएर आफ्नो छोरो रणेन्द्रलाई युवराज बनाउने जबरजस् तीद्वारा । यस दुष्चक्रबाट प्रारम्भ भएको - हुन त दुष्चक्र प्रायः जोडिएरै आएको हुन्छ) हत्याको शृंखला कोतपर्वमा आइपुग्छ, पचासौँ निरपराध सपूतहरूलाई लास पारेपछि । तर, दुष्कृति रोकिँदैन बरु चल्दै जान्छ, कारण विषवृक्ष रोप्ने काम पनि चल्दै रह्यो ३८, ८७, ९७, ०१७ हँुदै र अझै रोकिएको छैन समयसँगसँगै विसंगतिको चाहना, जबरजस् तीको प्रयास र उल्टो गतिको प्रयोग, भलै बहाना, रूप, पात्र फेरयिून् ।
हो, विचित्र छ- मानववाणी र व्यवहार पनि बुमर्याङ वा भकुन्डोजस् तै परावर्तित हुन्छ भन्ने बिर्सिनु । त्यो त्यही गति, शक्ति र कोण अनुसार परावर्तित हुन्छ भन्ने बिलकुल थाहा नपाएझैं गर्नु । यद्यपि, युधिष्ठिरले यसलाई ठूलो आश्चर्य मानेनन् । युवराज घोषित हुनासाथ उनलाई सपरविार लाक्षागृहमा होम्ने शकुनि र दुर्योधनको कुबुद्धिमा, त्यो त्यसैगरी परावर्तित हुन्छ भन्ने बिर्सिएर, बरु कर्णलाई भयो । यही आश्चर्य हो, मानवसँग गाँसिएको पटकपटक इतिहासभर िएकछत्त उल्टो हिँडेर गन्तव्य पुग्ने आत्मघाती सोच । जस्तो कार्य त्यस्तै प्रतिकार्य भन्ने बिर्सिएझैं वा आफूले हानेको चाहिँ परावर्तित नहुने वा त्यसले केही ननाप्ने सोच । के त्यही सोच होइन, जलियाँवालाबाग हत्याकाण्डको, शुक्रराज, धर्मभक्तलाई झुन्ड्याउनुको, दशरथचन्द, गंगालालाई गोली हान्नुको र त्यसपछि पनि यहाँ वहाँ फेरपि]mर िगोली हान्नु र हानिरहनुको ? कस् तो आशा हो यो रगतको बीउबाट गुलाबजल बर्सिने ? के यसभन्दा ठूलो आश्चर्य छ, कुनै ?
भनिन्छ, सुकृति र दुष्कृति सिक्काका दुई पाटाजस् तै हुन्, जो साथै रहन्छन् र पालैपालो आइरहन्छन्, दिन-रात, जीवन-मृत्यु, जाडो-गर्मीजस् तै । हो, अँध्यारोेबिना उज्यालो छुट्टँिदैन । पानी पार्ने बादल बन्न पहिले घाम लाग्नैपर्छ । तर, गुनासो कति मात्र हो भने ज्ञान-विज्ञानले सज्जित मान्छेले रातलाई बत्ती बालेर, मृत्युलाई उपचारद्वारा सीमासम्म ठेलेर र जाडोगर्मीलाई एयरकन्डिसनिङ् लगायत आविष्कार र आचरण सुधार आदिद्वारा प्रकृतिलाई व्यवस् िथत/संरक्षित नगरेर उही पीडा भोगिरहन्छ भने ऊ र अरू जनावरमा के फरक भयो ? अझ जनावर त प्राकृतिक सीमा नाघ्दैन, भण्डारण जान्दैन, षड्यन्त्र गर्दैन । तर, मान्छे भने ज्ञान-विज्ञान-शक्ति-साधन-समयलाई दुरूपयोग गर्नमै लालायित रहन्छ । त्यसले झन् ठूलो दुरूपयोग निम्त्याउँछ भन्ने बुझपचाएर उसको यस बहममा करोडौँलाई पीडित पार्दै । के योभन्दा पनि ठूलो आश्चर्य हुन्छ अर्को ?
prakashmanidahal@gmail.com
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक)