~अशोक थापा~
जली राछ दिल आज आशु पोखी निभाउँदै छु
मरी रा छ प्रित आज चिता माथि जलाउँदै छु
मौन छन् यी बस्तीहरू चित्कार मेरो सुन्दै
निर्मोहीको आलो यादको अँगालोमा निदाउँदै छु
कालो निलो मडारिने सन्नाटाले छोप्यो जीवन
घाइते मन बल्झाउँदै मेले जुनी बिताउदै छु
जली राछ दिल आज आशु पोखी निभाउँदै छु
एक्लै पारी झर्यो फूल डालीको सिरबाट
अँधेरीमा पाइला चाल्न ढुकढुकीलाई बलाउदैछु
बथान छुटी बिरक्तमा उड्दो एक्लो पंछी सरी
च्यतिएको हृदयलाई मर्म फुकाई सिलाउदै छु
मरी रा छ प्रित आज आशु पोखी निभाउदे छु
कुडिएको मनको भारी थामी दिने कोही छैन
रोदनको पोखरीमा मन आज चिस्याउदै छु
शोकै शोकको समुद्रमा डुब्दो यो जीवनी
अशोक भइ फुल्ने फल्ने सपनामा हराउँदै छु
जली राछ दिल आज आशु पोखी निभाउँदै छु
मरी रा छ प्रित आज आशु पोखी निभाउदे छु
– भरतपोखरी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)