पुस्तक समीक्षा : लुकेर रहेका छन्देली कविको प्रत्यक्षीकरण

~सदानन्द अभागी~

परिचय–
लुकेर रहेको शब्द मलाई लेख्न किन मन लाग्यो भने लुकेर बसेका होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा उहाँका दुईओटा किर्तिहरू ‘‘कोसेली’’ र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । दुवै किर्तिहरू छन्दमा लेखिएका अति सार गर्भित देखिए । यस्ता गहन कविका बारेमा एउटै जिल्लाका निवासीलाई थाहा नलाग्नु, एकै चोटी दुई कृतिसहित भव्य कार्यक्रम आयोजना गरेर साहित्यकारको रूपमा आफूलाई चिनाउनु र दुई कृतिको विमोचन गराउनु एउटा महत्वपूर्ण काम भएको मलाई लाग्यो ।

यस्ता होनहार व्यक्तित्त्व कमलजी वि.स.:२००० साल श्रावण १५ गते बाच्छा गैराबारी, पर्वतमा जन्मनु भएको र हाल देवचुली नगरपालिका –१७ फारम, नवलपुरमा स्थायी बसोबास गर्नु हुन्छ । उहाँ पिता भवीप्रसाद शर्मा आचार्य र माता टीकाकुमारी शर्मा आचार्यका जेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँ कविमात्रमा सीमित हुनुहुन्न । उहाँले करिब ५दशकजति समाजिक क्षेत्रमा काम गर्नु भयो र हालसम्म पनि सामाजिक क्षेत्रमा सक्रियरूपमा खट्टिइरहनु भएको देखिन्छ । उहाँ श्री जनकल्याण नि.मा.वी.हाल उच्च मा.वी., पर्वतको संस्थापक (२०२४) हुनुहुन्छ भने सोही स्कुलको स्वर्णमहोत्सव समारोह समितिको संयोजक(२०७४, चैत्र २४ गते) पनि हुनुहुन्छ । उहाँ एक प्राकृतिक चिकित्साविज्ञान तथा आयुर्वेदका ज्ञाता पनि हुनुन्छ र उहाँ योग तथा प्राकृतिक चिकित्सालय, रजहरको संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, पनि हुनुहुन्छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा ,रजहरका आजीवन सदस्य, वरचुली माध्यमिक विद्यालय रजहर फारमको पुस्तकालय व्यवस्थापन समितिको संरक्षकको साथै त्रिवेणी साहित्य परिषद् नवलपरासीको आजीवन सदस्य हुनुहुन्छ । कमलजीको सामाजिक एवम् साहित्यिक क्षेत्रको योगदान अनुकरणीय त छँदै छ त्यसमा पनि उहाँको सरल जीवन उच्च विचारले मानव जीवनमा एउटा मार्गदर्शन प्रवाह गर्दछ । कमलजीले एकैपटक कोसेली र व्यवहारिक दर्पण प्रकाशमा ल्याएको धारणा त मैले माथि नै पस्किसकेको छु । आज म ‘व्यवहारिक दर्पण’मा रमाइरहेको छु ।

कृतिको संरचना–
कृति आवरण पृष्ठ बाहेक १०८ पृष्ठमा सजिएको छ ।अग्रआवरण पृष्ठ झट्ट हेदा निकै आकर्षक लाग्छ । सुन्दर डाँडाकाँडाको काखमा ग्रामिण परिवेशका सुन्दर घरहरूको दृश्यले पाठकलाई आकर्षण दिन्छ भने पछिल्लो आवरण पृष्ठमा कमल आचार्यजीको फोटो सहित कृतिकारको परिचय दिएको छ । यस कृतिको प्रकाशनमा त्रिवेणी साहित्य परिषद नवलपरासीका लागि कमल आचार्य र कृतिको मूल्य १९०÷– रुपियाँ राखिएको छ । कृति स्वर्गिय पिता भविप्रसाद शर्मा र स्वर्गिय माता टीकाकुमारी शर्मामा समर्पण गरिएको छ ।

कृतिभित्र प्रवेश गर्दा–
व्यवहारिक दर्पण नीति एवम् नैतिकताका भावनाले ओतप्रोत भएर लेखिएको कविता सङ्ग्रह हो । दर्पण भनेको ऐना हो । ऐनामा दर्शकले आफ्नो अनुहारलाई जस्ताको त्यस्तै देख्न सक्छ । साहित्य समाजको दर्पण हो । समाजका हरेक क्रियाकलापलाई साहित्यले जस्ताको त्यस्तै दर्शाउँछ । कविता पनि साहित्यको एउटा विधा हो । कविले कविता मार्फत समाजका व्यवहारिक यथार्थतालाई समाजका सामु जस्ताको त्यस्ते नीतिले बोलेका कुरालाई अर्थात समाजले व्यवहारमा उतारेका सबै राम्रा नराम्रा पक्षलाई केलाउँदै समाजलाई मार्गदर्शनको रूपमा प्रस्तुत गर्नु भएको छ । यस कवितासहङ्ग्रहको प्रथम कविता प्रार्थना शीर्षकमा लेखिएको छ, यसमा गणेशजीको स्मरण गर्दै कलम समातेको र गणेशजीकै भरमापरि अभिमानलाई छाडी यो कृतिको थालनी गरिएको भन्दै मङ्गला चरणको रूपमा कविले यसमा भएका यथार्थतालाई यसरी पस्केका छन् –

व्यङ्ग्यात्क कुनै सत्य कुनै पिरा कुनै तिता
मिठा टर्रा सबै पर्छन् नसोच्नु अरु अन्यथा
पृष्ठ १

शास्त्रीय मतमा सरस्वती र लक्ष्मीमा बाल्यकाल देखिकै बैरत्व चुलिएकोले दुबै सँगै बस्न सक्दैनन् । राष्ट्र प्रमुखले जनताको संरक्षण गर्नु कर्तव्य हो, हामी कोही बलिया छैनम् तर समय बलियो छ र समयले हाम्रो भलो गर्नु पर्छ । मूर्खसँग सम्वाद गर्दा विद्वान लज्जावती सरह नै खुम्चिन्छन् । अछुत छुत क्यै जात, धेरै नेता, लामा, धामीै, भूत प्रेत, बोक्सी, डाङ्किनी भए सम्म प्रगति रोकिन्छ र यिनको निर्मूल पार्नु पर्छ । जस्तो बिचार बोकिन्छ जस्तो दृष्टिकोणबाट हेरिन्छ त्यस्तै देखिन्छ त्यसो हुँदा सुद्ध विचार राख्नु पर्छ । लोक तन्त्र फस्टाउनको लागि आपूmबाट कसैलाई दुःख नहोस् भन्ने आदर्शलाई बोकेर हिड्नु पर्छ तर मद र मांसको भोज लगाएर भोट जितिन्छ भने त्यस्तो समाजलाई लोकतन्त्रले के देला ? मक्किएको काठ र नसापानी ग्रहणकर्ताको विश्वास गर्नु हुँदैन । लोकतन्त्रमा चुनाव लड्ने मानिस सिप, रूप, जाँगर, हिक्मत, विद्या, बुद्धि, धन बल आदि गुण भएकाले मात्र समनता राख्ने लोकतन्त्रमा केही गर्न सक्छ । समाजिक क्षेत्रमा काम गर्ने मानिसले पक्षपात गर्न हुँदैन र पक्षपात गर्दा यहाँ समाजले निन्दा र उता दैवको मार दुबैमा परिन्छ । कमाउनेलाई गाह्रो हुन्छ तर उपभोग गर्नेलाई चारो जस्तो हुन्छ । । पशु र मानिसमा विवेकमा भिन्नता छ । पशुमा विवेक शून्य हुन्छ भने मानिस विवेकशील हुन्छ । किशोर अवस्थामा अभिभावकले निग्रानी राख्नुपर्छ सन्तति बिग्रेमा पुस्तै विगरन्छ । स्वार्थी दुनियामा निस्वार्थ राजनीति गर्दा असफल भए निन्दाको पात्र भइने र सफल भएमा त्रधुवा पशु फुत्केझै चहल पहल देखिन्छ । पति पत्नी बीच विचार मिलेमा जीवन उज्यालो हुने र नमिलेमा बादलका चन्द्र जस्तो जीवन बन्ने छ । अरूको पाए ठुल्ठूला फाँक हालेर खाने, आफ्नो खर्च नगर्ने मिठोमात्र खान खोज्नेहरूको सङ्गत गर्न हुँदैन । काग बाठो भएर बिष्टा सेवन गर्छ तर सोझो सुधो हुँदा पाडीले दूध सेवन गर्छ । सुधो सोझोले नै सोझाको मदत गर्छ । उमेरले पाको भए पनि बुद्धिले मानिस पाको हुन्न । बुद्धिले पाको हुने बृद्धले ठक्कर खाँदैन र ‘ईशले नै चलाएर दगुर्न हुन्न सबै जना’ । स्वबुद्धिले पनि काम गर्नुपर्छ । धेरै खर्च गरे कङ्गाल बनिन्छ, थोरै गर्दा कन्जुस भइन्छ । सङ्ग्रहमा मौरीको महझै हुन्छ धनको जात अड्कल्न गाह्रो हुन्छ । मित्रता रहँदा गुण गान गर्ने र पूmर्ती देखाएर हिड्ने बैरी बन्न गएमा विरोध गर्दै हिड्छ भने त्यही नै सक्कली मूर्ख हो ।

यात्राले शिक्षा प्रदान गर्ने भएकोले बढी यात्रा गर्दा वेश हुन्छ । चिन्ताले छिटो रोग बोलाउँ छ तर रोगले भन्दा भयले छिटो लान्छ । स्त्रीको रूपले पुरुष लठ्ठिदै बसमा पर्दछन् कामुकहरू मासिन्छन् । पुरुषको भाग्य र स्त्रीको चरित्र दैवले पनि जान्दैन । राजनीतिमा गोप्यता चाहिन्छ गोप्यता नबुझी राजनीति गर्नेले धोका खान्छ र काम विगरन्छ । निहुँ खोज्नेवाला सँगबाट बच्चन सकिदैन । सत्य कुरा बोल्नु पर्छ । निर्वाचित सबै पद अस्थायी हुन्छन् । राज विना निर्वाचित हुन्छ । स्थायी पद सम्झेर उसले राष्ट्रको सेवा गर्छ तर विश्वमा लोकतन्त्रीहरूले यो रुचाउँदैनन् । शत्रुको आलोचना गर्दा उसको नाम चम्केर जान्छ र आपूm पछारिन पुगिन्छ । कामशक्ति र भोगले र्मृत्युमा पु¥याउन सक्छ । बर्मा गए कर्म सँगै जान्छ भने झै विदेश जाँदेमा धन फल्ने होइन । उद्योगी जहाँ जान्छ त्यहाँ धन फल्छ । आफ्नो ब्रह्मले जे ठान्छ त्यही शत्रु या मित्रको दृष्टि हुन्छ । खाने परिकार मिठो नभै भोक मिठो हो । अज्ञानको गल्तिलाई माफ दिनु पर्छ । माफ माग्दा पनि माफ दिँदैन भने त्यो अधम हो । कसैलाई भनिएका कुरा पुग्दा बढेर जान्छ । सहिसत्य कुरा छुट्याउनु पर्छ नत्र सम्बन्ध बिग्रन्छ । भविष्यको कल्पना गर्ने रमाउँछ बर्तमानलाई दिक्क मानेर यता उता गर्छ तर जस्ले विगत मात्रै सम्झेर बस्छ उसले दःुख भोग्छ । शत्रुमा असजिलो पर्दा बदला लिन खोज्ने मानिस घटियाँ हो, सहयोग गर्दा महान कार्य बन्न जान्छ । सहयोग गर्न नसके दर्शक बन्नु वेश हुन्छ । अपचिला कुरा सुन्नुभन्दा नसुनिने ठाउँमा बस्नु राम्रो । दुर्वलसँग शत्रुता गर्दा प्रतिष्ठा घट्छ, बलियाले ढाड सेक्छ । यी दुबै तर्काएर जान परे समकक्षमा जान राम्रो हुन्छ । कसैले कसैलाई ठूलो सत्कार गर्छ भने त्यहाँ कुनै कारण छ भने जान्नु पर्छ । गर्न खोजिएका काममा गोप्यता राख्न सकिएन भने काम विग्रन्छ । कुदिनमा बुद्धि र बलले थाम्न मुस्किल पर्ने काम सुदिनमा सहजै बन्द छन् । आपूmले राखेका पाइन्छ बलि दिएर पाइँदैन । सन्तले अरुलाई खुसी राख्न आपूmले दुःख सहन सक्छ तर दुष्टले सुख त्यागेर पनि अरूलाई दुख दिन्छ । जीवनको अन्तिम घडी मानिसले आपूmले गरेका भूललाई सम्झन्छ । जीवन छोटो छ त्यसमा पनि जवानी झनै छोटो छ त्यसमा गरिएका गल्ती पछि सम्झिन्छ तर त्यो फर्कन्न । बास्ना र रूपले पेट भरिदैन । गुणले भने काम दिन्छ । योग्यता दक्षता सीप गरिबका सम्पत्ति हुन । यिनैबाट आर्जन गर्नु पर्छ । सुन्दरी युवती र मिठोमा रमाउनेलाई तपस्वी भनेर पत्याउन गाह्रो पर्छ । कसैले रातो दिन दुःख भोगेर पसिना बगाएर खान पनि नपुग्नु कसैलाई प्रसस्त धन हुनु तालुमा भाग्यचक्रले लेख्नु पर्दो रहेछ । बढी आनन्द खोजेर नमिल्ने, आवेशमा आाइँ गाली गर्दा हानी हुने सहनशील हुनुपर्ने । छोरालाई खुसी पार्न बुहारीलाई खुसी पार्नु पर्ने , सासुलाई खुसीपार्न नन्द अमाजु खुसी पार्नु पर्ने हुन्छ । सज्जनसँगको सङ्गत गर्नु राम्रो, पोसाक लगाएर कुकृत्य लुक्न सक्दैन । कामुकहरू दीपकमा पुतली डढे सरि डढ्छन्, प्रेम लामो समयसम्म टिक्न सक्दैन । क्रोध या कालले छुट्याइ दिन्छ । ,सानो लाई दवाउने र ठूलोलाई सहयोग गर्ने प्रकृतिको खेला, शिष्टताबाट काम सहजरूपमा लिन सकिने, मातृत्वको चाह नारीमा हुन्छ । आपूm जस्तो छ त्यस्तो दृष्टिकोण रहन्छ, ईश्वरको विश्वास गर्दा ढुक्क भइन्छ, । सोर्ग यही बनाउन सकिन्छ । सत्तामा बस्नेहरू आपूmमात्र अघाउन खोज्छन् । संस्कार बदल्न समय लाग्छ ।,अस्थायी लाभको लागि स्थायी लाभ गुमाउन हुँदैन । निर्धाको मर्यादा घटाउने र ठूलाको चाकरी गर्ने मानिस समाजका किरा हुन् । ज्ञानीले शब्दहरूलाई धन ठान्दछ र मूर्खले पैसालाई धन ठान्दछ । अजम्बरी कोही छैन । आफ्नो ठानी अन्याय गर्न हुँदैन । कविले यस्ता गहन धारणाहरू यस कृतिमा धेरै पस्केका छन् । मानिस कर्ममा बाच्नु पर्छ । भाग्यलाई दोष दिन हुन्न । हीनता र अभिमान फाल्न सके मात्र भाग्य आउँछ,। कमल हिलोमा र गुणी मानिस झोपडीमा पाइन्छन् । धेरै नेता वा नेता विविहन भए समाज भाँडिन्छ, ।

परिश्रम गरी शुद्ध आर्जन गर्नेलाई जीवनभर सुख मिल्छ । भ्रष्टचार गरेर कमाएकाहरूमा पिरलो थपिन्छ । मानिसको वासना नजिकमा भन्दा पर पर बढी चल्छ । बसेको बानी सुधार्न कठिन हुन्छ । रिस छिटो आउँछ र पश्चताप दिएर जान्छ । कमाउनु भदा बचाउन गाह्रो । नारी पुरुषको आसन ग्रहण अलग अलग हुनु राम्रो । सम्पन्नता देख्दा राम्रो तर मोहमा दिनरात जलेको हुन्छ । झोपडीमा प्रेम हुन्छ भने महलमा मोह चुलिदै जान्छ । गृह्य आश्रम अरू भन्दा उत्तम हो,। जे उत्तम मानिन्छ त्यही भोजन गर्नु पर्छ किनकी खानाले बुद्धि र बल दिन्छ । सजीवमा गुण दविएको हुन्छ मृत्युपछि उत्रिन्छन् । नचाहिने कुराको कल्पनामा डुबेर मानिस दुखी बन्छ । थोरैले बुझेर कट्टर बन्छन् भने नबुझ्ने मूर्ख कहलाउँछन् । पुग्नेलाई खान नमिल्ने तर जे खाए पनि पच्नेले खान नपाउने कस्तो ईश्वरले दण्ड दिएका हुन् ? अभावले आविष्कारको जन्म दिन्छ । पैतृक सम्पति बाँडेर खाने भाइमा प्रेम देखिदैन तर स्व आर्जन गरेर खानेमा प्रेम गाढा हुन्छ । धन रित्तियो भने आत्तिन पर्दैन लक्ष्मी चञ्चल हुन्छिन् फर्केर आउँछिन् । बिजय जुलुस उत्सव पछि गएर विषपान जस्तै हुन सक्छ । मित्रता राख्न सजिलो भए पनि जोगाएर राख्न कठिन हुन्छ ।समस्या भन्नु नै सोचाइको अनुभूति हो । चिन्ता थोरै लिनु पर्छ धेरै लिंदा मन दिग्भ्रम हुन्छ । आगोको झिल्को समान शत्रु स्यानो हुँदै हुन्न । शत्रुता बढ्न दिनुहुन्न । राजनैतिक बन्नको लागि भाषणको कला चाहिन्छ । सन्तती घर घडेरी सम्पतिले बाँधिन्छन् । मानिस आफ्नो दुखमा भन्दा अरूको सुखमा बढी दुःखी बन्छ । लज्जा नारीको गहना हो र बडो शोभा दिन्छ । हारमा दुःख र जितमा भय हुन्छ त्यसो हुँदा हारजित दुबै त्यागे सुख आउँछ । धनी पत्नी भित्र्याउँदा क्षणिक हर्ष लागे पनि घर विग्रन थाले पछि पश्चताप हुन्छ । धार्मिकमा लोभ, दुर्वलमा रिस, ज्ञानीमा घमण्ड बृद्धमा तिर्सना हुन्छ । कसैलाई ऋण दिनु भन्दा दान दिनु राम्रो किनकी फिर्ता माग्दा तृणसरीको भइन्छ । ज्ञानी पत्नी पाए सुखी भइने र खराब श्रीमती पाए दार्शनिक बन्न गइन्छ । झुटो बोल्ने मुखले हो नजरले होइन । नाश गर्ने गराउने कारण आफैमा हुन्छ । शत्रुको शेष राख्दा बढन जाने हुनाले राख्न नहुने चाडक्यको भनाइ छ भने हारेका शत्रुको खेदो नगर्ने नीतिज्ञको भनाइ छ । मत बाझिएका छन् तर चल्दा दुबैलाई समाएर चल्नु पर्छ । परिस्थिति नियालेर गर्नु नै राजनीति हो । स्वावलम्वीले उन्नति गर्छ आश गर्नेहरू ताछिदै जान्छन् । जनावरले खानेबेलामात्र झगडा गर्छन् तर मानिसमा खाँदा मेल भए पनि अन्त्यमा झगडा हुन्छ । गरिब धनवान भए पनि समाजले त्यति मान दिँदैन तर धनवान छँदा आदर पाएकोले गरिब भए पछि अनादर पाउँछ । यी दुबै भोगेकाले बसाइँ सर्नु राम्रो मान्छन् तर जन्म थलो छोड्ने चाह राख्दैनन् । आफ्नो स्वार्थ पुरा गर्न अरूलाई विगार्ने मानवरूपी राक्षस् हो । बिना परिश्रम मिल्ने उमेर हो तर अरूचीज प्राप्त गर्न पसिना झार्नु पर्छ ईश्वरमा मानिसका जति पनि दया देखिदैन । भाग्य आफै निर्माण गर्नु पर्छ निर्माण गर्न नसक्ने अभागी हो । चुहुने भाँडोको जल चुहेर सकिएसरि कमाउनेले पनि खर्च गर्न सिक्नु पर्छ नत्र व्यर्थमा जान्छ ।

कविले व्यवहारिक दर्पणमा १९९ शीर्षकमा नीतिगत धारणाहरू पस्केका छन् । यी नीति साच्चिकै व्यवहारमा उतारिएका तथा व्यवहारमा खारिएक धारणा हुन् । मैले कविले विभिन्न शीर्षकमा व्यक्त गरेकाा धारणालार्ई संङ्क्षेप्तिकरण गर्ने कोसिस गरेंता पनि सबै शीर्षकको सङ्क्षेपी करण निकै लामो हुने देखियो त्यसो हुँदा कविले पस्केका केही नीतिगत धारणालाई समावेश गरेर लेखलाई छोटो बनाउनेतिर लागे । कविले विविध क्षेत्रमा नीतिगत कुरीतिलाई कोट्याएका छन् र सुरीतिमा प्रवेश गर्न आग्रह गरेका छन् । हेरौं केही कविका धारणा–

हावा जल् तेज आकाश पृथ्वी यति पाँच यी
ईश्वरले नै दिएका हुन् सित्तैमा गर भोग यी
(अत्याचार हटाऊ पृष्ठ ५६)

सत्तामा पुगेपछि मानिस अन्धो हुन्छ । सत्ताको रथ हाक्नेले फोहोर गर्दछ त्यसलाई पत्रकार, साहित्यकारहरूले कुचिकारको रूपमा सफा गर्नु पर्छ भन्दै कवि लेख्छन् –

पर्छ डो¥याउनै नत्र मत्तराँगो कुदे सरी
लाग्ला कुबाटो डो¥याऊ नाकमा छेदनै गरी
(अत्याचार हटाऊ पृष्ठ ५६)

जमिन दार तथा धनिबाट सचेत बनिद्यौ भन्दै कवि लेख्छन् –

जमिन्दार यही सोच्छन् छिमेकीहरू जे जउन्
रातदिन यही जप्छन् गरीब मात्र भैरहुन् ।
(अत्याचार हटाऊ पृष्ठ ५६)

मानवीय जीवन जे गरे पनि आलोचक भइन्छ –
नराम्रो र बडो राम्रो जे गर्दा पनि मानव
आलोचक कुनै बन्छन् कुनै बन्छन् समर्थक
(दुनियाँ पृष्ठ ८२)

पति पत्नी बीचको सम्बन्ध गाढा हुनु पर्दछ । पत्नीले पति कतैबाट फर्कदा खुसीको साथमा स्वागत गर्ने र निस्कँदा पनि केही परसम्म गएर खडा भै हेर्ने , यस्ता श्रीमती पाउन भाग्यमा लेख्नु पर्दछ । यस्तो व्यवहार नगर्ने पत्नी लाइ कर्कसा भनिन्छ ।

चिन्ताप्रतिको कविको धारणा–
निम्ता गर्दछ चिन्ताले रोगलाई निकै छिटो
अब यो रोगले भन्दा लाने हो भयले छिटो
( चिन्ता शत्रु हो पृष्ठ १२)

पिण्ड पानी दिने संस्कारमा पनि कवि खुलस्त छन् र भन्छन्––

श्रद्धा जीवितमै गद्र्यौ सेवा माता पितादिमा
पिण्ड भन्दा ठूलो श्रद्धा होला त्यै बरु उत्तम
(पृष्ठ ८८)

भाषा शैली –
भाषा सरल छ । सबै तहका पाठकर्लाई यो कृति पठन सहज छ । ग्रामिण बोलीचालीको भाषामा लेखिएको छ । यस कृतिमा कविले व्यवहारिक जीवनका भोगाइका तीता मिठा अनुभूतिलाई छन्दमा सलल बग्ने रूपमा प्रस्तुत गरेका छन् ।

शीर्षकी करण –
व्यवहारिक दर्पणमा कविले व्यवहारमा उत्रेका विविध सामाजिक पक्षलाई समाउनु भएको छ । यस कृतिमा उपदेशलाई अङ्गालिएको छ । नैतिक पक्षलाई दरबिलो बनाउन खोजीएको छ । कुशल नागरिक बनाउनको लागि प्रयत्नरत देखिन्छ र शास्त्रीय मार्गलाई पछ्याएको पाइन्छ । यी सबै कविताहरूको अध्ययन गर्दा शीर्षक सार्थक देखिनछ ।

अन्त्यमा अर्थपूर्ण धारणाले भरिएको, सुन्दर शब्दशैली छन्द,अलङ्कार विविध रसबाट सजिएको, नैतिक ओजले ओतप्रोत व्यावहारिक दर्पण एउटा सामाजिक यथार्थको प्रकटीकरण हो भन्दा अत्युत्ति नहोला साथै कविले आफ्नो कविताशक्तिलाई पनि आफ्नो हीरकजयन्ती (जन्मेको ७५ वर्ष) को अवसरमा भव्य साहित्यिक कार्यक्रममा दुई ओटा कृतिको विमोचन गराई छन्देली कविको रूपमा प्रकट भएको यथार्थतालाई यहाँ प्रस्तुत गर्दै, उहाँको सुस्वास्थ, दीर्घायुको कामना गर्दै विदा चाहान्छु ।

धन्यवाद
२०७५ असौज २० गते कावासोती न.पा. वडा नं ७ प्रदेश नं ४ नवलपुर
प्रतिकृयाको लागि– ९८४१३३५९८३, Email. snjaishy@gmail.com

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.