गीत : मेरो चितवन

~गोवर्धन पूजा~Govardhan Pooja

मेरो घर मेरो गाऊ मेरा साथी भाई
बसेका छन मिलीजुली मीठोपीठो खाई
हास्छ मुहार शरदमा फूल फुलेजस्तो
मंसिरको फाटबारीमा धान झुलेजस्तो
चाहना छ त्यही गाऊमा जिन्दगी बिताउन
म जन्मेको म हुर्केको मेरो चितवन

खहरेले रिसाएर बाटो छेक्दा पनि
औंशी रिसाई चूकजस्तो कालो पोख्दा पनि
हाँसी हाँसी जूनकिरिले बाली हिडछन दीयो
उस्तै लाग्छ मेरो गाऊ पहिला जस्तो थियो

रूप फेर्छ चितवनले तोरी फुल्दाखेरी
असारमा रोपाहारले हिलो खेल्दाखेरी
लाग्छ सधै मेरो गाऊको शुभ चिताउन
चाहना छ त्यही गाऊमा जिन्दगी बिताउन

चितवन,
हाल:- बोस्टन, अमेरिका

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.