~कालीप्रसाद बास्कोट \ सविन “एक्तारे”~
कहिले आउँछ होला त्यो एकदिन
जहाँ भारी नहोस् यो जीवन
जहाँ एउटै बनोस् बिपना सपना
अनि बैरी नहोस् आफ्नै मन
(भीडमा खोजुँ कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ
दैव हे, त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाउ )२
@ sahityasangraha.com
(उडाउँछौ कहिले आकाशमा बादल सरी हो…)२
झारी दिन्छौ फेरि किन बनाई झरी
बग्छु म फेरि पनि खहरेकै भेल बनी
लहरहरु दियौ सागर छ खै कहाँ
सपनाहरु दियौ संसार खै कहाँ
दैव हे, त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाउ…..
शब्द : कालीप्रसाद बास्कोट \ सविन “एक्तारे”
स्वर : सनुप पौडेल
सङ्गीत : कालीप्रसाद बास्कोट
चलचित्र : मञ्जरी