गजल : दशैं आउँदा रमाउँछौ

~अमृत सिङ थिङ~

तिम्रो चुलोमा खरानी छ र पो ! दशैं आउँदा रमाउँछौ
आफ्नै चलन चलनी छ र पो ! दशैं आउँदा रमाउँछौ

अघाउने खाई रमाउँदै आफ्नै आफ्नाहरूको माझमा
मस्त निन्दाको सिरानी छ र पो ! दशैं आउँदा रमाउँछौ

गजगज हिलो झार पात हरू कुटोले कोट्याउँदै
चिटिक्क पार्ने अाँगनी छ र पो ! दशैं आउँदा रमाउँछौ

टीका र जमरा मान्यजनको आशीर्वाद गाउँ घरैमा
भेटी सँगाल्ने बानी छ र पो ! दशैं आउँदा रमाउँछौ

साथी र सङ्गी दौँतरी हरू रमाउँदै सरर
लिङ्गे पिङ मच्चाउन छ र पो ! दशैं आउँदा रमाउँछौ

अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.