(तिमीलाई घामले चुम्दा पनि
तिमीलाई जूनले छुदाँ पनि )२
डाह लाग्छ किन तिमी (मसँग हुँदा पनि)२
नडराऊ मेरो मुटु कोहि आई छुने छैन
तिम्रो हात समाईसकें म कसैको हुने छैन
तिमीलाई घामले चुम्दा पनि
तिमीलाई जूनले छुदाँ पनि
(तिम्रो रङ्ग मलाई सार मेरो रङ्ग तिमीलाई
अझै मिसाउन मन छ आफैसँग तिमीलाई )२
@साहित्यसङ्ग्रह.कम
आऊ छाम तिमीले नै यो मुटु धड्किंदैछ
चाँदनी झै हाम्रो माया (झन् अझै चम्किंदै छ)२
(तिमीलाई घामले चुम्दा पनि
तिमीलाई जूनले छुदाँ पनि )२
डाह लाग्छ किन तिमी (मसँग हुँदा पनि)२
तिमीलाई घामले चुम्दा पनि
तिमीलाई जूनले छुदाँ पनि
शब्द : निष्प्रभ सजी
स्वर : सनूप पौडेल,प्रबिशा अधिकारी
सङ्गीत : हेमन्त राना, च्शुजिल कर्माचार्य
चलचित्र : ऋतु