कविता : प्रेम पूजा

~जयराम तिमल्सिना~

बरु,
सकियोस बाटो, यात्राहरुमा
सम्झनामा आउने, कुनै बस्तु नभेटियोस
कुनै सपना नहोसः मसँग
फूलिरहेका फूल चूडेर, कुनै देवतालाई चढाउन, मन नलागोस
म देवताजस्तै, फूलहरुसँग प्रेम गर्छु ।

आउ,
पिन्जडा लिएर आउ
जन्जिर लगाउ हातहरुमा
बादल पठाउ र उज्ज्यालो बन्दगर
सक्छौ, लगाम लगाएर खिच आफैतिर
मेरो कुनै गुनासो छैन, तिमीप्रति ।

निरन्तरतर,
कहिलै नरोकिने नदिका बहाबहरु,
आफ्नै लय सुसेल्ने झरनाहरु छन्
कहिल्यौ नसुक्ने फूलका रङ्गहरु
अनि, उज्याला रहरहरु छन्, मसँग
हो, यिनीहरुकै सङ्गतमा छु, म ।

यस्तोलाग्छ,
दिनभरी सङ्गालिएका खुसीहरु, साँझ गल्ली नपसुन
भररात देखेका सपनाहरु, विहान कतै नभागुन
सपना भत्काएर, कुनै खुसी किन्न नपरोस
मेरा हरेक प्रेममा क्रान्ति छाइरहोस्
म प्रेमको पूजागर्ने मान्छे ।।

जयराम तिमल्सिना
ढुङ्खर्क काभ्रे
हालः बागबजार, काठमाडौं ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.