बहरबद्ध गजल : रहर नै थिएन

~जीवराज बुढाथोकी~

म टाढा हुने त्यो, रहर नै थिएन ।
हुनेछौ तिमी नै, ठहर नै थिएन ।

नभेटे सुने क्यै कता पो हरायौ,
नअत्तो नपत्तो खबर नै थिएन ।

बुझे धेर मैले कुरा ती लुकेका,
तिमी भित्र मेरो कदर नै थिएन ।

भनेको भए त्यो हुँदोहो नरोए,
झरे आँसु अट्ने नहर नै थिएन ।

कहाँ मर्न सक्थे भनेरै म मर्छु,
कतै मार्न सक्ने जहर नै थिएन ।

छन्दः भुजङ्गप्रयात
बहरे मुकारिव मुसम्मन सालिम

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.