~अमृत सिङ थिङ~
कहिल्यै नटुट्ने पत्थरको दिल भई दिएको भए
कैद भई बस्थें मुटु भित्र जेल भई दिएको भए
पक्ष र विपक्षको समर्थक हुनु नै किन पर्थ्यो र?
मैदान भित्र जितको मात्र खेल भई दिएको भए
सायद यति धेरै तड्पिएर पक्कै बाच्दिन थें होला
बगाएर टाढा लाने आँसुको भेल भई दिएको भए
तिमी र म पुर्व रमाउदै पश्चिम् गुम्न पाईन्थ्यो नि !
मायावी सवार छुक छुके रेल भई दिएको भए
कहाँ चुम्दै हिड्न पाइन्थ्यो र भमराहरुले यसरी
गुच्छामा कैद गर्ने आत्तरको नेल भई दिएको भए
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )