~ऋतिक यादव~
समयको यो कठगरामा हेर दशैँ आयो
गरौंला शान्तिको जोरदार कामना हामी
सबैको मनमस्तिष्कमा हेर मिठास आयो
हेराऔंला खुब प्रगाढ भक्तिभावना हामी।
सबैको मनोकामना पुरा हुने बेला आयो,
गरौला दुर्गा माताको खुब आराधना हामी
हेर प्रमोदको मौसमी वातावरण आयो
सन्तुष्टिको उच्चतम बिन्दुमा पुगौँला हामी।
जीवन दर्शनको हेर कलात्मकता आयो
गरौंला देशभक्तीको कठोर प्रतिज्ञा हामी
आशाको किरण सहुलियतको साथ आयो
गरौंला विकृतिग्रस्त समाजको अन्त्य हामी।
दशैंले सबैलागि नयाँ उमङ्ग बोकेर आयो
उमङ्ग सफल बनाउने प्रयत्न गरौंला हामी
मधुरताको तालमा मस्त हुने अवसर आयो
अनुशासित भइ मनाऔला यो दशैँ हामी।
– ऋतिक यादव
सिम्रौनगढ-१०, बारा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )