कविता : आमा र बुद्ध

~रामगोपाल आशुतोष~

शिरमाथि नीलो आकास
शिरमुनि ब्रह्मनालको तकिया
ओछ्याएर चित्ता, ओढेर कात्रोको सिरक
मेरी आमा
स्वैरकल्पनाको विशाल घर निर्माणमा छिन् ।

क्षतविक्षत मेरी आमा
बालेर आफ्नै शरीर दनदनी
कति शान्त छिन्, सौम्य छिन्
क्षणप्रतिक्षण उनी खरानी बन्दै छिन्
तर पनि,
नवरात्रमा आफ्नो आङमाथि
लहरै दियो बालेर मौन, शान्त धर्मावलम्बीझैं
मानौं, मेरी आमा
विस्फोटपछिको ज्वालामुखीझैं शान्त छिन् ।

भीड–
उनैको नजिक आँसु बगाइरहेको छ
बुद्ध–
ठिङ्ग, अकर्मण्य उभिएको छ उनैको अघि
ईष्र्याले
सहाराविहीन बुद्धको ब्रह्माण्ड
जलेको छ उसको ज्ञान, बलेका छन् आर्तनादहरू
विघटित, निष्प्राण बुद्ध
मेरी आमाको अघि घुँडा टेकेर
नतमस्तक पोख्दै छ नश्वरत्वका आठ ज्ञानहरू ।

विघटनपछिको समय
यो सङ्क्रमण, यो तरलता
मानौं, कुनै प्रलयपछिको उजाड गाउँबस्तीझैं
शान्त, सौम्य मेरी आमा
शोकाकुल गोहीहरूबाट पूmलैपूmलको चिता
गन्तीका सलामी, तोप पड्काइ र शोकधुनहरू
मागिरहेकी छैनन्
आफ्नो लासमाथि ओरिगामी कागजका रङ्गीन पूmलहरू
मागिरहेकी छैनन्
नाङ्गो शरीर र भोको पेटका लागि शान्ति
पोल्टाभरि नअट्ने र मनभरि नभरिने बुद्धत्व
मालिकहरू नहार्ने र दासहरू नजित्ने युद्ध ।

मेरी आमा
स्वैरकल्पनामै सही
निर्माणमा छिन् खुला आकाश
सिङ्गो भूगोलमा झुल्किने
समावेशी लोकतन्त्रको इन्द्रेणी !

०००

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.