कविता : आगो

~सौरभ कार्की~

मान्छेहरूले भनेका
–आगोले जलाउँछ रे
–पोल्छ रे भत्भती आगोले
वेगम ! मैले कहिल्यै बुझिनँ–
फरक के छ आगो र तिमीमा ?

म सोच्छु
भर्सेला परोस्, आउँदिन तिम्रो नजिक
र, कहिल्यै छुदिनँ तिमीलाई ।

मान्छेहरू फेरि पनि भन्छन्
जीवन कहाँ सम्भव छ र आगोबिना
वेगम ! के मान्छेहरू साँचो बोल्दै छन् ?

०००

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.