कविता : माल्दाइको अभिवादन

~राजकुमार बराल~

म सानो छँदा
“हा’ले कुसाबे?,” “आता’न् केबेक्पा?” भनेर जिस्काउने
हाम्रा गाउँका माइला दाइ,
अहिले त, बेंसीतिर बसाइँ सरेछन् ।
खै किन जान्न खोज्थे उनी, मेरो नालीबेली ।
पोहोर साल घर जाँदा
भेट्नै पाइएन उनलाई ।
यसपाला उनैलाई भेट्न
बेंसी जाँदा
चियाको तिर्सना लागेर आएका
तल्लोघरका बाहुन बाजेलाई
चिया टक्रयाउँदै थिए ।
देख्नासाथै, सेवारो भन्दै
ढोकैसम्म मलाई लिन आएका माल्दाइले
एक अभिवादन पठाएका छन्
सुनाइदिनु सरहबासी गाउँलेहरूलाई, भनेर ः
“सेवारो है सुभाष दाइ
सेवारो है पूर्ण दाइ
सेवारो है भीष्म भाइ
सेवारो है डम्बर भाइ ।”
उनलाई के थाह—
उनका ती सहरबासी गाउँले दाजुभाइहरू
गाउँबाट आएको सेवारो भाषा
बुझ्न छोडिसकेका छन् ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.