कविता : श्रीमतिको गुनासो

~केशव गाहा ‘पाल्पाली’~

नजाऊ भो बुढा परदेश बसौँ बाख्रा पालेर
लगाउँछु बरू फाटेका यी गुन्यू चोली टालेर

मेहनत गरे यहीँ फल्न सक्छन् बाला सुनका
जोतौँला नि गैरी खेत सबै हलगोरू हालेर

कति बाँचिन्छ र सम्झनामा तड्पिएर यसरी
ढल्न खोज्छु म त घरीघरी विरहले गालेर

गरौँ मेहनत सँगसँगै अब आफ्नै माटोमा
नहिँड भो काम खोज्दै अब त यो धर्ती चालेर

घरै झलमल पार्ने किन चाहियो र बिजुली ?
कटाउँला रात सधै अँध्यारोमा टुकी बालेर ।

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १४ – Feb. 25, 2015 – २०७१ फागुन १३ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.