कविता : संविधान खोई ?

~रमेश पौडेल~

तीज आयो वर्ष दिनैमा
चार वर्षमा संविधान खोई ?
संविधान सभा हाम्रो
किन भंग ग¥यौ जवाफ खोई ?
तीज आयो……………………….
दिन्छौं भन्दै समय बढायौं
आखिरीमा केले छेक्यो खोई ?
तीज आयो………………….
राणा अनि राजा फालेर
संस्थागत गणतन्त्र खोई ?
तीज आयो………………
साठी वर्षे लडाई हाम्रो
शहिदको रगतको मोल खोई ?
तीज आयो………………..
आफ्नो शासन आफै गर्ने
जनताको इच्छा के भो खोई ?
तीज आयो……………………
चावी लियौं जनतासँग
छैन भन्छौं कसलाई दियौं खोई ?
तीज आयो…………………..
बिन्तपत्र, पोल खुलायो
नारा तिम्रो राष्ट्रवादी खोई ?
तीज आयो……………………..
जाति–जाति जनजाति
लड्नुपर्ने, हाम्रो सद्भाव खोइ ?
तीज आयो………………………
हुने खाने, पोस्दै जाने
वर्गबन्धु तिम्ले चिन्या खोइ ?
तीज आयो………………………..
जातिवादी, क्ष्ँेत्रवादी
नारा हाम्रो होइन बुझौं है
तीज आयो……………………….
जनतालाई लडाई राख्ने
संघीयता ल्याउनै नदिउँ है
तीज आयो………………………

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४३ – Sep. 12, 2012 – २०६९ भाद्र २७ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.