~थरेन्द्र बराल~
सधै आॅसु झारि रहने आॅसु खै के खै के
शिकारी मन हुनेलाई मासु खै के खै के
आॅसु झार्नै दिन्नन उनी दुध र घिउ दिन्छिन
एस्ति छोरी मलाई दिने सासू खै के खै के ।
अघाएसिनि थप्न खोज्छिन कति खानु मैले
अनि के भो भन्छिन साली चासो खै के खैके ।
– राजगढ, झापा, हाल : कपन, काठमाडौँ
(स्रोत : पुर्वाञ्चल राष्ट्रिय दैनिक)