~कृष्णराज पौडेल “सञ्जाल”~
लेफ्ट राइटको चालमा अब टोली आउँदैछ
शोषकहरू मास्न अब गोली आउँदैछ
आतुर छन् सहयोद्धा कमरेडहरू हो
एकै छिनमा हेडक्वार्टरको बोली आउँदैछ
अन्याय र अत्याचारले सीमा अब नाघेपछि
मिसन पूरा गरी नाच्ने होली आउँदैछ
वर्गीय लडाइँ हो पाइन्छ हामीले साथ
हाम्रै लागि खाना लिई सोली आउँदैछ
जीवन–मरणको लडाइमा मान्ने छैनौँ हार
मल्हमपट्टी बोकी अब डोली आउँदैछ ।।
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ४१ – Sep. 10, 2014 – २०७१ भाद्र २५ गते, बुधबार )