~रुमन न्यौपाने ‘अमन्त’~
पलेटी कसेर खाट माथी बसेको छु । एउटा ठुलो कोठा । वरीपरी प्रशस्त बिरामी सुत्ने खाटहरु । यो एउटा ठुलो बन्द कारखाना जस्तो थियो । जहाँ मानीसहरु अनुसाशीत नभई एक अर्का लाई सुन्थे बुझ्थे र मनन गर्थे । सिलीङको गतिबिहीन पङखालाई नियाल्दै कोठामा छरीदै गएको चर्को आवाजलाई मनन गर्दै छु । पागलहरु एक्कासी कराउँछन् । पाखुरा सुर्काउँदै एक आपसमा भिडन्तको उद्घोष गर्छन् । कोठामा ठुलो फलामको ढोका छ जसबाट पालैपालो नर्स र डक्टरहरु कहीले काँही आईपुग्छन् । भर्खर एउटा ठुलो भुँडी भएको डक्टर आएर छोउको पागललाई जाँचेर गयो । कोठामा फैलीएको दुर्गन्धले मेरो स्मरण शक्ती क्षीण हुँदैछ जस्तो लाग्यो । सबै पागल छन् । मेरो लागी यहाँ कुनै काम छैन । मलाई किन लेराए यिनीहरुले । म उठेर हिड्नै लाग्दा छेउको पागलले केही सोधेको जस्तो लाग्यो ।
“तिमीले सुन्यौ बेड नं ६९ को पागलले हिजो राती आम्महत्या गरेछ” ? मेरो बगल छेउको बेड बाट एउटाले मलाई आश्र्चयमा पार्दै बोल्न थाल्छ ।
म उसलाई सुन्न अली तन्कीएर उ छेउमा पुग्छु । म बुढोको कुरालाई गम खाएर लिन थाले । पागल भए पनी बुढोको मगज ठिक थियो । बुढो सन्की थियो । नर्स र डक्टरहरु लाई कहीले काँही खेख्दै त्यो ठुलो फलाम को ढोका सम्म पुग्थ्यो । ‘एउटा पागल कन्पाउन्डको ईनारमा खसेर बेपत्ता भयो’ जस्ता अपत्यारीला कुरा कहीले काँही भने भन्ने र्गथ्यो । खासमा त्यती बेला पागल नखसी गार्डको पाल्तु कुकुर या कुखुरा खसेको हुन्थ्यो । मैले थोरै समयमा नै त्यो पागल लाई चिनीसकेको थिँए । त्यो पागल ठट्यौलो पागल थियो ।
“बुढो अशुभ कुरा मात्र बोल्छ” –म अर्को तिर र्फकन खोज्छु ।
“ऐयाश्सी थियो त्यो पागल” । बुढो भन्दै गयो । “उसका प्रशस्त स्त्रीहरु थिए रे । अहीले त्यो तलको ठुलो खरीको रुखमा तुनरुङ्ग झुन्डीएको छ । पागल जस्तो ।” बुढो मस्त हाँस्न थाल्यो ।
मैले बुढाको मुखमा हेरे । चाउरी परेको निधार र कलेटी परेको ओठमा त्यो कती पनी सुघ्घरी देखीएको थिएन । गिलास भित्र बिस्कुट चोप्दै बुढो त्यसमै हराउँन थाल्यो । वरीपरी हेरे सबै पागल छन् । कती घिन लाग्दा पागलहरु । कसैलाई केही सुर्ता थिएन तैपनी केही न केही धुनमा तल्नीन थिए ।
“मलाई कुन बेला लेराएछन् यता” ? मैले बुढोलाई सोध्न खोजेँ । तर त्यसले सोधी हाल्यो ।
“तिमी पनी पागल हौ”? हाँस्दै बुढोले मलाई सोध्यो ।
मैले मुन्टो हल्लाए । “होईन” ।
बुढोले मतीर ध्यान दिएन । आफ्नै तानामा चिया पिउन थाल्यो । पछी पनी मलाई प्रश्न सोधीरह्यो तर मैले त्यसको उत्तर दिनु पर्ने आवश्यकता नठानी अर्को तिर फर्कीदिन्थे तब बुढो आफैसित संभाषणमा मस्त हुन्थ्यो । एउटी काली नर्स मेरो बेड छेउमा आई र सबै यान्त्रीक सामानहरु लिएर गई । एकै छिन पछी अर्की फुच्ची नर्स आई र मेरो बेड बाट सेतो तन्ना लिएर जान थाली । मैले तिखो खपटे नजरले नर्स तिर आँखा लगाए र “म छु किन लगेको मेरो सामान” भन्न खोजे तर त्यो मलाई यादै नगरी हिडी सकेकी थिई । म वरी परी सबैको क्रियाकलाप हेर्दै थिए । तिनीहरु सबैले हिजोको आत्महत्या को कुरा सुन्दै थिए या त सुनाउँदै थिए । म एक्लै थिए पागलहरुको भिडमा नितान्त एक्लो ।
“अस्ती मुगंलको पेटीमा सुतेको थियो त्यो, यहाँका भक्षकहरुले बिहानै भेटाएर लेराएका थिए” । बुढोले मलाई नै फेरी सुनाएझै बोल्न थाल्यो ।
मैले सोधे “त्यो पागल थियो र”?
बुढोले जवाफ र्फकाएन । फेरी चियामा बिस्कुट चोप्न थाल्यो । एउटी नर्स बिहानको औशधी लिएर आई र बुढोलाई खुवाएर निस्कीई । सबै ब्यस्त नै थिए तर मेरो लागी कसैले त्यो बिहान औशधी लिएर आएनन् । कोही पनी सुन्दरी डक्टरले बुढोको जस्तो मेरो नाडी छाम्न आएनन् । धेरै नकराउनु भनेर बुढोलाई त्यही काली
नर्सले भर्खर हप्काएर गएकी थिई । पागलहरुको बिचमा म पागल बन्नु पर्ने नाटकमा जस्तो देखीएको थिए होला सायद । मैले आफुलाई असहज पाउन थाले ।
ट्युबलाईटको सेतो उज्यालो बेला बेला झ्याप्प झ्याप्प गरी निभ्दा पागलहरु एक्कासी कराउँथे/थालहरु ठटाउँथे र अर्को पागल सित पागलपनको खिस्सी उढाउँथे । त्यो दुश्य बढो रमाईलो हुन्थ्यो । “म को हुँ”? भनेर मैले बुढोलाई सोध्नै थाल्दा बुढोले मलाई फेरी हेरेको जस्तो लाग्यो । मैले सक्दो गरी हाँसे तर त्यसले वास्ता नराखी फेरी बोल्न थाल्यो ।
“यहाँ लेराउँदा त्यो मुस्कील ले मात्र हिड्न सक्ने अबस्थामा थियो” । बुढोले फटाफट गरी सुनाउँन थाल्यो । “म पागल होईन भनी कराँउथ्यो” ।
एक हुल सेतो कपडा लगाएका स्त्रीहरु त्यही ठुलो फलामको ढोका बाट भित्र छिरे र सबै बेड तिर तिरबीतर भए । एउटा केटी त्यही बुढो छेउमा आएर उभीई । उसले केही सेता पेपरहरु बेकेकी थिई । त्यो केटीले म अघाडी आएर बुढो तिर र्फकीदा म र बुढो बिचको अघीदेखीको सम्बाद टुट्ने भयो । तर बुढो रोकीएन । उ हात हल्लाई हल्लाई अघीको भन्दा जोड जोडले कराउन थाल्यो । म उठेर त्यो केटी छेउमा उभीए । त्यहीँ की नर्सले त्यो केटी लाई पागलको अबस्था बयान गर्दै थिई र उ अनुसाशीत वकीलले झै सबै कुरा टिप्दै थिई । मेरो बेड छेउमा त्यो मुचुल्का जस्तो लाग्ने कुरा उठाउन कोही पनी आएनन् । म हातास जस्तो अनुभब गर्न थालेको थिए ।
एउटा पागल झ्याल छेउमा पुगेर कराउँदै थियो । “पागलको लाश लाँदैछन्” । “पागलको लाश लाँदैछन्” ।
त्यसले सबै पागलहरु तिर र्फकेर सुनायो । सबै त्यता तिर दौडीए । मैले पनी हेर्नु पर्ने आवश्यकता ठाँनी र झ्याल तिर लागे । पागलको हुलले झ्याल भरीयो । मैले एउटा सानो छिदर बाट बाहीर हेर्ने कोशीस गरेँ । खरीको बोट बाट लाशलाई तल झारीसकेको रहेछ । मैले प्रष्ट अनुहाँर देखीन । मैले संगै उभीएकी एउटी नर्स लाई सोधे ।
“कसले आत्महत्या गरेछ” ?
मेरो प्रतीक्ष्याको कुनै उत्तर नदिई त्यो झ्याल तिर नै हेर्न थाली । त्यो लाशलाई प्रहरीहरुले सेतो सब बाहनमा राखेर पागलखानाको ठुलो ढोका बाट निकाल्दै गरेको मैले देखेँ ।
एकछीन पछी सब सामान्य भयो । पागलहरु फेरी कराउन थाले । नर्सहरु आफ्नो हप्काउने दायित्व पुरा गर्न थाले । मैले झ्याल छेउबाटै त्यो बुढोलाई हेरे तर त्यो त अझै बोल्दैछ मेरो बेड तिर र्फकीएर । एक्लै । आफैसित । पागल जस्तै । मैले बुझे बुढो एक्लै बोल्ने रैछ । म दौडीएर मेरो बेड छेउमा पुगें । खाटको माथी खुईलीएको मेटल प्लेट हेरेपछी सबै भेद एक्कासि खुल्यो ।
मैले अस्पष्ट वाक फुँटाउँदै अन्तमा त्यो अक्षर पढेँ । “बेड नं ६९” ….
(स्रोत : रचनाकारको ब्लगबाट सभार)