~सदानन्द अभागी~
परिचय :
दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तराष्ट्रिय नेपाली साहित्य समारोहमा भीम धमलासँग साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा भीम धमलाबाट यो कृति उपहार स्वरूप हात लाग्यो । भीम धमलाको जन्म ५ अगस्त १९६५मा नामरूप (असम) पिता स्व.रामकृष्ण शर्मा धमला र माता श्रीमती मनमाया शर्मा धममलाका पुुत्ररत्नकको रूपमा भएको थियो । धमलाजीले नेपाली र असमिया दुवै भाषामा आफ्नो कलम चलाएको देखिन्छ । यिनै भाषामा उहाँका लेख रचना र कृतिहरू प्रकाशन भएको पाइन्छ । नाटक÷एकाङ्की, गीत, कथा, व्यङ्ग्य, निबन्ध आदिमा उहाँका भावनाहरू बग्दछन् । शिखरका बाटामा (नाटकसङ्ग्रह), साथी (लघुकथासङ्ग्रह), इतिहाँसको एउटा अध्याय ःस्व. पुष्पलाल आचार्य (जीवनी), म ठोकिएर बनेको संसार (कवितासङ्ग्रह) र विटुलो रगत( कथासङ्ग्रह) गरी ५ओटा कृतिहरू बजारमा आइसकेका छन् भने निबन्ध चयन (असमीयाबाट अनुवादित निबन्धसङ्ग्रह ) प्रकाशोन्मुख अवस्थामा छ ।
कृतिको संरचना – यो कृति आवरण पृष्ठ बाहेक १०४ पृष्ठमा सुसज्जित छ । यो कृतिको प्रकाशन अरुणोदय साहित्य परिषद (जागुन) असमले गरेको छ र मूल्य सहयोग राशि १००।– राखिएको छ । अधिल्लो आवरण पृष्ठ बिटुलो रगतले सजिएको छ र पछिल्लो पृष्ठमा कृतिकारको तस्विर सहित परिचय विवरण समावेश गरिएको छ । झट्टहेर्दा कृति आकर्षक देखिन्छ र अध्ययन गर्दा यस भित्र समावेश गरिएका कथाहरूले पनि पाठकको मन छुने खालका छन् भन्न सकिन्छ । भीमले यस कृतिलाई यसरी समर्पण गरेका छन् –‘‘अन्धविश्वास, कु–रीति र कु–प्रथाको बलि बन्दै प्राण गुमाउने समग्र नारी जातिमा यो मेरो कथा–पुष्प समर्पण गर्दछु ’’ (पृष्ठ ४)। समर्पण बाटै जानकारी मिल्छ कि कथाकारले नारी जातिमा उच्च सम्मान दर्शाएका छन् ।
यस कृतिप्रति साहित्यकारहरूको धारणा– यस कृतिप्रति भूमिका र शुभेच्छा प्रकट गर्ने साहित्यकारहरूले पस्केका अभिव्यक्तिलाई पनि समावेश गर्न मन लाग्यो । केदारप्रसाद उपाध्यायले कथाको बारेमा लेख्नु हुन्छ – ‘‘उनका कथाहरू सरल र सहज हुनका साथै उत्कृष्ट मापदण्डका ठहरिन्छन्, जुन उनको आफ्नै विशेषता हो ।’’ (पृष्ठ६) अखिल असम नेपाली साहित्य सभा मार्घेरिटा जिल्ला समिति मार्घेरिटा (असम)का सभापति भीम महाराजी र मूल सचिव थानुराम पाण्डे लेख्नु हुन्छ – ‘‘स–साना विषय–बस्तुमाथि निर्भर गर्दै विशाल भावलाई मूर्त रूप दिनु उहाँको लेखन विशेषता हो ।’’ (पृष्ठ ७ । हीरा मिश्रले लेख्नु हुन्छ –‘‘स–साना विषय वस्तुमाथिको चित्रणले सजिएका यी कथाहरूमा उदाहरणको एउटा सिङ्गो स्वरूप झल्किएको छ । शिक्षा छ, भाव छ, मिठास छ, सुवास छ’’ (पृष्ठ ९) । खड्कराज गिरीले लेख्नु हुन्छ –‘‘… भीम धमला भाईका यी कथाहरू पठनीय छन् मनोग्राही छन्’’ (पृष्ठ १२) । विक्रमवीर थापा लेख्न्ु हुन्छ –‘‘नाटक, कविता, कथादिमा लेखनी चलाएर असमको अनकण्टार पूर्व भेक जागुन, तिनसुकियालाई मात्र नभई समग्र नेपाली साहित्य संसारलाई झलमल्ल पार्ने सशक्त हस्ताक्षरको नाम हो भीम धमला ’’ (पृष्ठ १३) । यस कथामा स्वयम् कथाकारले आजको साहित्य लेखनमा देखिएका समस्यालाई आत्मसात गरेका छन् । सिर्जनामा आवश्यक तत्त्वलाई मनन् गर्दै उनले लेख्छन् –‘‘साहित्य सृजनाका निम्ति एउटा स्वच्छ परिवेश श्रोतादेखि लिएर पाठक चाहिन्छ , फेरि ती सर्जकलाई उत्साह, प्रेरणा र हौसलाको अभिज्ञहरूको पनि यहाँ ठूलो भूमिका छ ’’ (पृष्ठ१५) । कृति किनिदिने क्रेता र विक्रेताको खाँचो पनि उनले औंल्याएका छन् ।
कथासङ्ग्रहभित्र प्रवेश गर्दा – यस कथासङ्ग्रहमा १४ ओटा कथाहरू समावेश गरिएका छन् । पहिलो कथाको शीर्षक छ ‘धोबीको कुकुर घरको न घाटको’। यो कथा रहल अंश भएकोले कथाको पूर्णताको लागि ‘साथी’ लघुकथाको पहिलो कथा पनि हेर्न पर्ने हुन्छ । यस कथामा राजनीति गर्ने व्यक्तिमाथि व्यङ्ग कसिएको छ । विपन्नताबाट मानिस सम्पन्नतामा जान सक्छ ,मृत्युञ्जयसम्म गर्छ, ‘विचार शुद्ध राख्यो भने मान्छे महान, बलवान, धनवान मात्रै नभएर भगवानसम्म पनि बन्न सक्छ’ , आफ्नो दुनो सोझ्याउन मुसो जस्तो पनि बन्नु पर्ने, ‘अहङ्कार, घमण्ड, क्रुरताले पतन हुन्छ’ जस्ता अभिव्यक्तिले सजिएको यो कथामा राजनीति गरेर मानिसले राष्ट्र सेवा र जनसेवा गरेर दीर्घकालिन नेतृत्वको सट्टा पाँच वर्ष खप्ने र सो समयमा तीन पुस्ताले दुख नपाउने गरेर कमाउने हो भन्ने सोच नेतामा भएको भन्दै व्यङ्ग कसिएको छ । कथा प्रस्तुतिमा उखान तुक्काहरूको प्रयोग व्यापकरूपमा भएको छ र उखान तुक्काहरूको प्रयोगले मिठास पनि भरेको छ ।
‘माया’ दोस्रो कथा हो । यस कथामा कथाकारले आदर्श र मानवताले भरिएको परिवारको चित्रण गरेका छन् । नायक सफल शिक्षक छन् भने नायिका सफल गृहणीको साथै आदर्श नारी पनि । नायिका(चन्द्रकला) शान्त शिष्ट सतव्यवहारपूर्ण संस्कारमा हुर्केकी, उच्च आदर्श उच्च विचार भएकी, संयम, सदाचार नम्रता पूर्ण व्यवहारले गर्दा सबैकी आदर्शील नारीको रूपमा देखिएकी छन् ।उनको घर बाहिर बगैंचाले सजिजिाऊ छ भने घरभित्र महान पुरुषकका फोटाहरू टाँसिएका, कोठाको कुनामा लाइब्रेरी ,अग्लो कुनामा वाद्य यन्त्रहरूले सजिसजाऊ देखिन्छ । वगैंचामा सिन्कौलीको बोट, ढुकुरको गुँड गुडमा दुइओटा बच्चा, प्राणघातक असिना पानीले गर्दा आमाको मृत्युवरण बच्चा भने जिवितै भएकोले चन्द्रकलाले माया दिएर पाल्नु हुर्काउनु, वनमा छाड्नु तर ढुकुरका बच्चाले चन्द्रकलाको घर नै आफ्नो घर सम्झी चन्द्रकलाको काखमा लुटुपुटु गर्नु र चन्द्रकलाले दुवैलाई सुम्सुम्याउनु जस्ता मायाले ओतप्रोत धारणले सजिएको छ कथा ।,‘अध्ययनबिनाको जीवन पशुतुल्य हो’, ‘जीवन पनि एउटा सङ्गीत नै हो’, नारी हृदय मायाले भरिएको हुन्छ जस्ता ज्ञानपूर्ण अभिव्यक्ति पनि यस कथामा पाइन्छन् ।
आगनको अन्तद्र्वन्द्व तेस्रो कथा हो ।यस कथामा आगनले ५० वर्षमा आएको परिवर्तनमा भावुक बन्दै सिकुवासँग दाइ गरिने, सत्यनारायण पूजादेखि भागवता पुराण लगाए पवित्र पार्ने, सराध गरिने, विवाहमा धर्ती पोलेर कन्या दिने चलन, आगनमा गरिने भजन कीर्तन आदि सबै परिवर्तन भएको र आधुनिकताको नाममा आफ्नो संस्कृतिको मूल्य भुलिएको छ । सिकुवाले आगनका धारणा सुन्दा नराम्रो मान्दै समयको माग अनुसार पाइला पनि चाल्नु पर्छ र नयाँलाई स्वागत पनि गर्नु पर्छ तर आफ्नो संस्कृति परंपरालाई त्याग्न हुँदैन भन्ने धारणा राख्छ । बास्तवमा आजको आधुनिकताको नामबाट भित्रिएका विकृति र विसङ्गतिलाई कोट्याउँदै सजग हुने काम भएको छ ।
लाटोले किताव किन्यो – यस कथामा एउटा लाटोको साथै बहिरोको राम्रो आचरण, राम्रो नराम्रो केलाउन सक्ने क्षमता भएको, सभ्य र सम्पन्नभनाउँदा भन्दा ज्ञानी सभ्य र सज्जन, मानवताको प्रतिक, आदि लाटोको गुणलाई केलाउँदै , लाटोले पत्रिका किनेकोमा आश्चर्य मान्नु र पत्रिकाको पैसा फिर्ता गर्दा उस्ले पैसा फिर्ता नदिई आफ्नो लाटो र बहिरो हुनुको कारण बताउनु साथै लाटो र बहिराको मौलिक हक अधिकारको जस्ता धारणा लाटोले लेखेर जानकारी दिएको धारणा आएको छ । यो लाटो बहिरो भए पनि मानिस सज्जन विद्वान हुन सक्छन् जस्ता धारणाको साथै नेपाली पत्रपत्रिकामा स्तरीयताको खाँचो र महगा हुने , भाषा र साहित्यको संरक्षण हुनुपर्ने, एउटा जातिको भाषा हरायो भने त्यो जातिको अस्त्त्वि नै मेटिने जस्ता गहन विषय पनि यस कथाले उठाएको छ ।
बिटुलो रगत – यस कथासङ्ग्रको नामकरण पनि यसै कथाबाट गरिएको छ । खास गरेर हिन्दु समाजमा देखिने जातीय विभेदलाई यस कथाले मार्मिकताका साथ औंल्याएको छ तापानी नचल्ने जातसँग हिडेकी छोरीलाई त्यागिएको छ । त्यागिएकी छोरीको छोरा अजयले पान पसलमा उभिएर सरितालाई कलेज जाने वेलामा हेरीरहन्छ । सरिता उसँग चिनजान नहुँदै आकर्षक हुन्छे भने अजयकी आमाले पनि २२ वर्ष पछि आमालाई फोन गरेर आमा छोरी बीच वार्तालाप हुन्छ, त्यागीएकी छोरीको गोप्य रहस्यलाई सरितालाई सुनाउँदै आमा भक्कानिनु, कृषि विज्ञानी के बाँस्तोलाको स्वागत कार्यक्रममा दुबै भेट हुने मौका जुर्नु र सरिताले घर आउने अनुरोघ गर्नु, सरिताको बाबा विमारी पर्नु र एबी पोजेटिभ रगतको आवश्यक्ता परेको वेला अजयले रगत दिनु, सरिताका बाबुलाई सञ्चो लागे पछि अजयलाई घरमा बोलाएर परिचय लिँदा त्यागिएकी छोरी विनिताको छोरा भएको जानकारी पाए पछि सरिताकी आमाले नाती भन्दै अँगालो मार्नु र सरिताको बाबुको उच–नीचको पर्खाल पनि चकनाचूर हुनु सरिताले ‘कसैले रगतलाई विटुलो माने पनि म तेरी सानिमा हुँ तँ मेरो छोरो नै होस् । रगत बिटुलो होला , साइनो बिटुलो हुन सक्दैन ’ भन्दै अँगालो हाले पछि कथा समाप्त हुन्छ । कथाले जातीय विभेदको अन्त चाहेको मात्रै छैन, प्रेमको परिभाष पनि दिएको छ । उमेरको बढ्दो प्रवाहमा कसैका अनुहार राम्रो लाग्नु बोली मिठो लाग्नु कसैको हेराईमा व्याकुलता आउनु, सायद समयको माग हो कि भनि प्रश्न उठाउनु , ‘स्वत स्वभाविकतामा मुछिएर नै प्रेम प्रस्फुटित हुन्छ’,आमाको छोराछोरीप्रतिको माया र छोराछोरीको आमाबाबुप्रतिको माया अमिट हुन्छ भन्ने सप्रमाण पेश गरेको छ कथाले । समाजले अपनाउँदै आएको रीतिरिवाजको बारेमा पनि सवाल उठाएको छ र तोड्न नचाहेर पनि तोडिन सक्छ भन्ने धारणा पनि आएको महसुस हुन्छ । नारीमाथिको पराधिनतामा पनि कथाकारले विनिता मार्फत यसरी भावना पस्केका छन् –‘जतिबेला यो समाजले रगतको मूल्य बुझ्ला ,त्यो बेला नारीले स्वाधीनता पाउलान्’ ।
छामीहेर , म मरेको छैन– सपनामा मृत्य पतिलाई देख्नु, मृत्य पतिले मरेको छैन मायाको भोको भएको, धेरै दिन भयो शरीरले स्पर्श नगरेको, तिम्रा मागहरू नसुनेको, तातो तेलले मालिस गरेको, भोक लाग्दा सम्झने, बाहिरबाट आउँदा केही लिएर आउने गरेको, तिमीले रातो सारी मनपराएको, सेतो कपडा लाउँदा बिर्सेजस्तो लागेको, एकदिन रिसमा सिन्दुरको बट्टा फोर्दा सिन्दुर समेलेर मेरो दीर्घायुको कामना गरेको तिमीले ‘नारी बिनाको पुरुष अधुरो हुन्छ’ भनेको,‘पुरुष बिना नारकिो जीवन मरे तुल्य हुन्छ’ भनेको, आपूmले धेरै भूल गरेको,‘तिमी सहनशीलताकी प्रतीक बनी सहेकी’ थियौ, ‘तिमीलाई मरेको पतिले कहिल्यै तर्साएँदैन , तर्साउँछ यो समाजले, यस समाज–व्यवस्थाले, परम्पराले’, ‘तिमी मायाकी खानी हौै । सहनशीलताकी प्रतीक हौ ’। आफ्नो सुरक्षा आफै गर्नु पर्छ , काली दुर्गा, रणचण्डी बनेर दुराचारीलाई दमन गर्ने आत्म विश्वास जगाउनु पर्छ, आउने पिंढीका नारीलाई सुरक्षित गर्न नारी जातिलाई हीन दृष्टिले हेर्दै पक्षपात गर्नेलाई चुनौती दिन सक्नु पर्ने जस्ता धेरै मृत्य पतिले पत्नीलाई दिएको सुझाव यस कथामा समेटिएका छन् । नारीलाई कामना वासना र भोगको कारकको रूपमा प्रयोग गर्ने पुरुषसँग समअधिकारको माग गर्नु पर्ने, पति मर्दा नारीलाई सेता बस्त्र धारण गर्नु पर्छ भन्ने पुरुषलाई किन छुट, विधवा विवाह गर्न नपाउने तर पुरुषलाई बहुविवाहमा किन छुट, ‘नारी कुनै पनि घरको आभूषण हो’, नारीले विचार जगाउनु पर्ने, ‘भक्ति, आस्था र अन्ध विश्वासको आडमा थोपिएका कतिपय नकरात्मक विचारको तिमीले नै खण्डन गर्न सक्नु पर्छ’ ,‘अग्नि, जल, वायु, मन, बुद्धि, प्रकृति हो । तिमी नै प्रकृतिको शास्वत रूप हौ । तिमीमा अन्तरङ्ग छ, तादात्म्य छ, निकटता, एकात्मकता छ । अविचार अविवेक र अज्ञानतालाई पन्छाएर यो असन्तुलित समाज व्यवस्थामा तिमीले नै परिवर्तन ल्याउन सक्नु पर्छ । तिम्रो कृतित्व, प्रभाव र स्वभावले प्रदूषित विषाक्त भावनालाई संस्कार दिन एक मात्र तिमी नै सक्षम छ्यौ । लौ त बस, अहिलेलाई जाँदै छु’ । यस कथाका कथाकारले मृत्य पति द्वारा सजीव पत्नीलाई दिएका सुझावका केही पङ्क्तिलाई मैले यहाँ साभारकै रूपमा समावेश गरेको छु । यस कथाले पुरुषप्रधान समाजमा महिलाले भोग्न परेका यथार्थलाई एकीकृतरूपमा प्रष्ट्याउने प्रयास गरेको छ । पति मरेपछि नारीले जीवनभर आफ्ना सिङ्गारका बस्तुलाई त्याग्नु पर्छ ?, समाजबाट अपहेलित भएर विधवा जीवन बिताउनु पर्छ ।पुरुषबाट गर्ने गरिएका अन्याय र अत्याचार सहनै पर्छ ? यस कथाले महिलाले भोग्न परेका यर्थाथ पीडालाई केलाएको छ र समान अधिकारको माग गरेको छ । समाजले अपनाउँदै आएका कुसंस्कार, अन्याय अत्याचारबाट नारीजातिले मुक्ति पाउनु पर्छ भनेको छ ।
तितो शब्दभरि एउटा चित्कार –यस कथामा कथाकारले विकारग्रस्त मस्तिष्क भएको, अतिपात जरोआएको मानिसले एउटा पसलेसँग बडबडाउँदै पोखेका अति कटुसत्य प्रश्नहरू, पस्किएका छन् । मानवताको डङ्क बजाउनेहरूलाई बाँच र बाँच्न देऊ भन्नेलाई, अन्धविश्वासका प्रतीकहरूलाई, डाक्टर साहवहरूलाई े,मानव उत्थानका लागि बनेका संघसंस्थाहरूलाई, ‘ए मानवताका पूजारी हो, अभिमानको शरीर हुन्छ र ? जस्ता प्रश्न पसलेलाई सुनाउँदै मेरो उपचार कस्ले गर्ने ?प्रश्न राखेको छ र कथाकारले उसको अन्तिम भनाइलाई यसरी पस्केका छन्–‘ए मान्छे नामको स्वरूप भएका पशु हो ! तिमीहरू पनि म जस्तै बौलाई हेर त । अनि मात्र मान्छे के हौ चिन्ने छौ । जिउने तरिका जान्ने छौ । एक अर्काको निम्ति अन्तत सोच्ने छौ । आज मैले त सोचिसकेको छु । थोपाको आघातले पर्वतलाई चोट लाग्दैन होइन र ?’ कथाकारले बौलानेहरूका अन्तरमनका वेदनालाई केलाउने कोसिस गरेका छन् । एउटा शिक्षित व्यक्तिको विकारग्रस्त मस्तिष्कमा एकोहोरो अभिव्यक्ततामा पनि अर्थपूर्ण भावना हुन्छ भन्ने धारणा आएको छ कथामा ।
बूढो नभन चाउरी परेको– यो शीर्षकले ‘सचेत, स्वतन्त्र, चेतन र जागरुक जाँगिरिलो प्रवृत्तिको मान्छे छिटै बूढो हुँदैन’ भन्ने सन्देश दिएको छ । तन बूढो भए पनि मन बूढो हुँदैन भन्ने कुरालाई कथाकारले साँचो र वास्तविक ठानेका छन् । आत्म विश्वास दर्बिलो हुनु, खानपानमा शुद्धता र शाकाहारी भोजन ग्रहण गर्नु ,हँसिलो र फुर्तिलो बनाई राख्दा मानिसको आयु लम्बिने कुरालाई कथाकारले सपुष्ट व्याखा गरेका छन् । एउटी अधवैंसे महिलाले एउटा कविलाई अङ्कल भनेको शब्दलाई अस्वीकार गर्दै उनले कवितामार्फत यसरी जवाफ दिएका छन् –
‘‘बूढो नभन चाउरी परेको
मन अझै जताततै डुल्छ
मरिच पनि त चाउरी परेकै हुन्छ
चाख हेर त कत्तिको पोल्छ ’’ ।
(पृष्ठ ६९)
बास्तवमा एउटा सिर्जनशील व्यक्ति कहिल्यै बूढो हुँदैन । समाजलाई उर्जा दिदै जान्छ । उसका सिर्जनाले समाजलाई ऊ मरे पनि गतिशील बनाई राख्छ ।
कुहेको आलू –एउटा गाउँमा चार जना उदण्ड र घृणित, विषाक्त व्यक्ति र प्रदूषित विचार भएका समाजका कलङ्क जस्ले आपूmलाई मात्र ज्ञाता र पारङ्गत ठान्ने वयक्तिहरूले एउटा सज्जन कविलाई उनले गरेको दुव्र्यवहारलाई व्यङ्गवाणको रूपमा कथाकारले नाटकीय रूपमा प्रस्तुत गरेका छन् । यी चार जना व्यक्ति मध्ये पहिलोले परिचय दिंदै चार जना गण्य–माण्य भएको सबै उनिहरूको निर्देशनमा चल्ने, यिनीहरूबाट साहित्यकारले सिक्न पर्ने भए सिक्ने, गाउँमा कवि साहित्यकार नभएको र हुन पनि नदिने जस्ता अभिव्यक्ति प्रथम व्यक्तिले दिए भने दोस्राले कविलाई लेख्न छाडने सुझाव दिन्छ, अङ्ग्रेजी पढ्नेलाई यस्सले विगार्ने लेख्न छाडेर आर्जनतिर लाग्ने साहित्यले भोको पेट भर्दैन भन्ने सुझाव दिन्छ । तेस्रोले किताव बनाएर समाजलाई लुट्नु भन्दा शिक्षक बनेमा गुरुको आदर पाउने धारणा, चौथोले लक्ष्मी र सरस्वती परस्पर विरोधी भएकोले कविहरू कहिल्यै धनी हुँदैनन् । सरस्वतीले कति दिन खुवाउने यिनीहरू कि त बौलाउँछन् या आत्महत्त्या गर्छन् भनि अपमानित गरे पछि साहित्यकारले पनि मानवरूपी दानवलाई एउटा कुहेका आलूले सारा बोरा विगार्दछ भने यिनी चारै जना कुहेका आलू सरह रहेका र यिनीहरूको विचारलाई परिवर्तन नल्याउने वेलासम्म लेखीरहने यिनीहरूका कुरुप भावनालाई समाजसम्म पु¥याएर परिचय दिने अठोटलाई पस्कदै कवि हिडेको धारणा आएको छ । यो लेख व्यङ्गशैलीमा लेखिए पनि साहित्यतिर समाज र सरकारको हेर्ने दृष्टिलाई सहजताको साथमा उठाएको छ । साहित्य समाजको दर्पण हो । समाजमा भएका कुरितीप्रति साहित्यकारको लेखनले परिवर्तनल्याई कुसल र सक्षम समाजको निर्माण गर्न सक्नु पर्छ भन्ने अठोटता पनि कथाले औंल्याएको छ ।
एउटा नास्तिकको तीर्थ यात्रा– यस कथामा धर्मको नाममा भएको विकृति र विसङ्गतिलाई प्रष्ट्याउने प्रयास गरिएको छ । अहिंसा र परोपकार नै धर्म हो । तीर्थ– यात्रामा जाँदा धन कमाउने बजार नै देखेको, भक्तले गुरूलाई सक्दो दान दिनु पर्ने, ‘दान आदिबाट निमुख भएको व्यक्ति यो जन्म त के, सात जन्म तर्दैन’, जस्ता विविध खाले तर्क र तीर्थाटनमा पनि साक्षात्भगवानसँग भेट हुन नसकेको साथै तीर्थबाट सन्तुष्टि प्राप्त गर्न नसकेको तर एउटा जोगीले, ‘‘तिमी गृहस्थीले धर्म गर्न यति टाढा आउन आवश्यक्ता छैन । तीर्थ त साधुसन्यासी बस्ने ठाउँ हो । यहाँ आई जीवन सुुधार्ने, पापबाट मुक्ति पाउने अथवा पर जन्म सुधार्ने, धर्म कमाउने, मानवताको शिक्षा पाउने सपना सजाउनु, मूर्खता सिवाय अरू केही होइन । तिमीमा मानवता छ भने आपूmले आपैmलाई चिनेका छौ अरूलाई चिन्न सक्छौ । आपूmमा आफै अपरिचित छौ भने अरूलाई चिनेका छैनौं’’, भनेका धारणाले कथाको पात्र सन्तुष्ट भएको । यहाँ धेरै थरीका जोगी, पण्डा, गुरुहरू भेटेर कस्का पछि लाग्ने, मानवतालाई रक्षा गर्न सके घर नै तीर्थ बन्ने, माता पिता नै सच्चा गुरु भएको, आदि धारणा यस कथामा आएका छन् । धर्मको नाममा भएको शोषण र आस्तिक र नास्तिकको सम्बन्धमा कथाले स्पष्ट पारेको छ ।
अभिशाप बेचिएका कविताहरूको – बाबुले सानोमा छोरालाई बाबुले धेरै पढ्छ, ठूलो मान्छे बन्छ भन्ने बाबाको आशाको पूर्ति गर्न अध्ययनशील भएर स्नातक द्वितीय वर्षसम्म अध्ययन गरी काम गर्न थालनी गरेको साथैै साहित्यमा रुचि भएकोले साथीको सहयोगले ‘स्पन्दन’ कविता कृति पनि प्रकाश माल्याएको र एउटा स्वार्थी व्यक्तिले ऊ सँग बाट १५०० दिएर १५ कविता किनेको, यिर्नै बिक्री गरिएका कविताले राष्ट्रा भाषा दिवसको दिन भारतीय साहित्य मञ्चले एक लाख पुरस्कार दिने घोषणा गरेको । यो सुनेकोमा कविले बेचेका कविताले अभिशाप दिएको धारणा साथ यो कथा सकिन्छ । गरिबीको कारणले गर्दा मानिसले के नै गर्दैन भन्ने उदाहरण एकातिर पाइन्छ भने अर्कोतिर धूर्तहरूले अर्काका कविता किनेर पनि पुरस्कृत हुन्छन् र साहित्यकार बन्छन् भन्ने धारणा आएको छ कथामा ।
सिनो पनि मिठो गन्हाउँदा – यस कथाले पनि धेरै विषयबस्तुलाई समेटेको छ । बरको रूख, रुखको फेदमा चौतारो, रुखमा एउटा बूढो गिद्ध र उसका परिवारको बास, चौतारोमा शीतलमा बस्ने सज्जनदेखि जुवा–तास खेल्ने अश्लील शब्द वोल्नेहरूको कुरा सुनी वरको रूखले पुरानो र आधुनिक सभ्यतालाई तुलना गर्नु, वरले प्रश्न राख्दै भन्नु –‘‘किन आजका मानिसमा निष्क्रियता, उदण्डता, अत्याचार व्यभिचाचर, भ्रष्टचार, दुर्नीतिग्रस्त, मानसिक विकारले ठाउँ पायो’’ ? आजको मानवतालाई औंल्याउँदै पुन वरले भन्छ –अर्धनग्नताअ, दायित्वहीन मनोभाव, पर निर्भरशीलता, अकर्मण्यता, दुराचार, अनाचारले ग्रसित आजको मानवता’’ । प्राकृतिक सम्पदा संरक्षण गर्नु पर्ने भए पनि कसैलाई समय नै्र छैन, गाउँमा शान्ति ल्याउन वरको रूखमा बसेका गिद्ध हटाउनको लागि वरको रुख नै काट्नु पर्ने कुरा सुनेर वरको रुख र गिद्ध चिन्तित हुनु, पूर्वज जटायुले सीताहरण गर्दा सीतालाई हरण गर्नबाट जोगाउन प्राणको आहुती दिने जटायु, मरेको सिनो खाएर वातावरण सफाराख्ने जटायुको वंशज कसरी अपवित्र हुन सक्छ जस्ता धारणा र वर र गिद्धको बार्तालाप सुन्ने व्यक्तिले वर र त्यो बूढो गिद्धको रक्षा गर्दैै प्रकृतिको सम्पदालाई बचाउने प्रणको साथमा यो कथा समाप्त हुन्छ । यस कथाले प्रकृतिको संरक्षण गर्ने मात्र नभै मानव जातिको क्रुरता र विवेकहीनतालाई पनि केलाएको छ ।
स्वरूप –यो कथा मानव शरीरका विभिन्न अङ्ग बीचको द्वन्द्वलाई केलाउने र एकताको सूत्रमा बाँधिएर काम गर्नु पर्ने धारणा आएको छ । आँखाको काम हो सुदृष्टिले हेर्नु तर आज त्यो सुदृष्टि नभै कुदृष्टिले सबै राम्रा नराम्रा दृश्यहरू हेर्नु, कानको काम हो अमृत वाणी सुन्ने तर आज अमृत वाँणी नभै नराम्रा कुरा सुन्ने, आँखा र कानको झगडा सुनेर मुखले दुबैलाई अन्धो र बहिरो बनाइदिने धारणा राख्छ । यो धारणा सुनेर नाकले आँखा र कान भन्दा मुख धेरै दोषी भएको भन्दछ । मुखको कामहो मिठो बोली बोल्नु, शुद्ध भोजन ग्रहण गर्नु तर दुर्वाच्य बोल्नु जे पायो त्यही खानु, कानको बोलीको सही थाप्दै पेटले पनि मुखलाई नै दोष दिंदै भन्यो अभक्ष चिजको सेवनले गर्दा‘मेरो सर्वनाश भयो म रोगी भएँ ’ भुँडीको बात नसकिँदै दुबै हातले दोषारोपण नगरी सल्लाहले समस्याको हल गर्ने सुसझाव राख्दा गोडाले हातलाई ‘माछा देख्दा दुला हात सर्प देख्दा पाखा हात’ तिमीहरू स्वार्थी छौ , स्वार्थमा अङ्गालो हाल्ने स्वार्थ पूर्ति भए मुठी पार्ने काम गर्दर्छौ सुकर्म गर्ने काम हातको भए पनि कुकर्म गर्ने हात हौ भन्दा हातले गोडालाई पवित्र स्थलको यात्रा गराउनु भन्दा निषिध क्षेत्रमा पाइला चाल्छौ भन्न थाल्नु, यी शरीरका सबै अङ्ग प्रत्यङ्गहरू आपसमा झगडा गरेको देखेर मन, बुद्धि, विचार र विवेकले आपसमा झगडा नगर्ने किनकी तिमीहरू हामी बाटै निर्देशित काम गर्ने भएकोले दोषी हामी हौं, अव सही दिशा निर्देशन दिने छौं र सोही काम गर्ने ता कि मानिसले आजको दशा भोग्न नपरोस् भन्ने धारणा सहित यो कथा समाप्त हुन्छ । यो कथाले मन बुद्धि विचारबाट यो शरीर चल्ने धारणा पस्केको छ ।
आमा, तिमीलाई बोक्सी भन्छन् –यो यस कृतिको अन्तिम लघुकथा हो । एउटा लेखकले जे जस्तो सजाएँ भोग्न परे पनि भोग्ने धारणा सहित ‘यस ठाउँका बुद्धिजीवी, सचेत वर्ग, समाज सेवक,नेताहरूको टाउको मा गिदी छैन’ भन्ने धारणा लेखेर मासिक पत्रिकामा प्रकाशन गराउँदा कसैबाट कुनै प्रतिकृया प्राप्त नभए पछि लेखकले यस कुराको अर्थ यसरी निकाले ‘ (१) त्यस स्थनका मानिसले त्यो लेख छापिएको उक्त प्रति पढ्दै पढेनन्, (२)पढेर पनि सायद बुझेनन्, (३)‘ आमा, तिमीलाई बोक्सी भन्छन् !’ ‘जस्तो देख्छन् त्यस्तै भन्छन् । ’
यस कृतिको भावसार माथि मैले पस्कने कोसिस गरें । यस कृतिमा समावेश गरिएका १४ ओटा कथाले बहुआयमिक पक्षलाई समेट्ने प्रयास गरेका छन् । राजनीति विकृति, समाजिक विकृति, धार्मिक विकृति, शैक्षिक विकृतिमा कटाक्ष दृष्टिमात्र प्रस्तुत छैन, कृतिले सुमार्ग अवलम्वनको मार्गदर्शन समेत गरेको छ । समाजमा प्राचिन परम्परा र आजको बद्लिँदो परिवेशमा समाजले अवलम्वन् गरेको मार्ग आचरण नैतिकताको् ह्रासमा पनि कथाकारले आफ्नो कलमलाई तीखो रूपमा चलाएका छन् । परम्परामा सत्यता छँदा छँदै पनि समयको माग अनुसार परिवर्तनलाई स्वागत गर्नु पर्छ तर आफ्नो संस्कृति, परम्परा, रीति–रिवाजलाई त्याग्न हुन्न भन्ने कथाकारको धारणा छ । मानिस अपाङ्ग बन्छ तर उसको मौलिक हक पनि सुरक्षित हुनु पर्छ भन्ने धारणा पनि कथाले समेटेको छ । साहित्यमा रुचि घट्नु,नेपाली पत्रपत्रिका स्तरीय हुनु पर्ने, कुनै जातिको भाषा मेटिन हुँदैन, भाषा मेटियो भने त्यो जातिको अस्त्त्वि नै मेटिन्छ भन्ने धारणा, प्रेममा उमेरको प्रभाव, ‘स्वतः स्वभाविकतामा मुछिएर नै प्रेम प्रस्फुटित हुन्छ’ प्रेमको परिभाषा, जातीय विभेदको अन्त्यको चाहना, समाजले रगतको मूल्य बुझे पछि मात्र नारीले स्वाधिनता पाउने धारणा, रगत बिटुलो भए पनि साइनो बिटुलो नहुने, नारीवादी चिन्तनमा पनि कथाकार सचेत छन् । नारीको मौलिक स्वतन्त्रताको संरक्षण, विधवाको पहिरनमा सेता कपडाको प्रयोग, नारी घरको आभूषण हुँदा हुँदै पनि अपहेलित भक्ति आस्था र अन्धविश्वासका आडमा थोपिएका कतिपय नकरात्मक विचारमा नारीले नै खण्डन गर्नु पर्ने, नारी प्रकृतिकी श्वाश्वत रूप, नारीले आफ्नो संरक्षण आफै गर्न सक्नु पर्ने समाजमा परिवर्तन ल्याउन सक्नु पर्ने जस्ता नारि आदर्शलाई कथाकारले समेटेका छन् । मानवको उच्च मूल्याङ्कन हुनु पर्छ भन्ने धारणा, विकास ग्रस्तको पनि चिन्तन हुने, तन बूढो भए पनि मन बूढो नहुने, आत्म विश्वास, खानपान र स्वास्थमा ध्यान दिँदा आयु लम्बिने, समाजमा पनि कुहेका आलू भेटिन्छन् र ती कुहेका आलूकै कारण बाट समाज अधःपतनतिर लम्किने, मानवताको रक्षा गरेर आपूmलाई चिनेर अरूलाई चिन्न सके त्यही नै तीर्थ हुने, धनीले गरिवलाई समाजका कसिङ्गर ठान्ने कुरा, गरिबीको कारणले आफ्ना सिर्जना बेच्न नहुने प्रकृति संरक्षणमा पशुपंछीको पनि महत्त्वपूर्ण स्थान रहने, मानव शरीरमा मन बुद्धि, विचार र विवेकले परिचालन गर्ने आदि धारणाले यस कृतिलाई सजाएका छन् ।
भाषा शैली– भाषा शैली सरल छ । मिठा शब्दहरूको चयन गरिएको छ ।परिवेश अनुकुलको प्राकृतिक चित्रणले गर्दा कथाहरू आकर्षक देखिएका छन् । उखानतुक्काको प्रयोग पनि यथा स्थानमा सुहाउँदो रूपमा गरिएको छ ।उखान तुक्काको प्रयोगको हिसाले विश्लेषण गर्ने हो भने यो कृतिलाई उखानतुक्काले भरिएको कृति हो भन्न सकिन्छ । अधिकाम्स कथाहरू एकलापको रूपमा प्रस्तुत गरिएको छ ।
शीर्षकीकरण – अन्तर जातीय विवाहको कारणबाट सिर्जना गरिएको कथाको नाम बिटुलिएको रगत नामाकरण ठीक देखिन्छ, हुनत यस कृति भित्रका अरु कथाहरू पनि शीर्षकको लागि उपयुक्त छन् तापनि आजको सामाजिक विभेदलाई अन्त्य गर्ने चाहना अनुरूप लेखिएको यो शीर्षक समय सापेक्ष छ भन्न सकिन्छ ।
निष्कर्ष– माथि मैले कथा र कथाकारप्रति साहित्यकारको धारणा, कथाहरूको कथासार, यस पङ्क्तिकारले पस्केका विषयबस्तु आदिले यस कथा कृतिले दिन चाहेका सन्देशहरू, प्रष्ट भै सकेका छन् । तथापी कृतिका अधिकांश कथामा स्वच्छन्दवादी अभिव्यक्ति, यथार्थ दृष्टि र रसिक भावना विरणमा विविधता, नारीवादी चिन्तन आदि समाजिक विषयवस्तुलाई समाएको पाइन्छ । त्यसो हुँदा नारीप्रतिको चिन्तन , मानवतावादी चिन्तन आदि विविधतापूर्ण विषयवस्तुलाई केलाउन सिपालु कथाकार भीम धमाला एउटा यथार्थवादी कथाकार हुनुको साथै स्वच्छन्द अभिव्यक्तिको साथमा आपूmलाई उभ्याउन सफल देखिन्छन् । अन्त्यमा भीम धमलाको लेखन गतिले अग्रसरता लिओस् । गहन कृतिहरू जन्मदै जाउन् भन्दै विदा लिन्छु ।
धन्यवाद
२०७५ साल वैसाख २० गते, कावासोती न.पा.वडा नं ७, नवलपुर,गण्डकी प्रदेश,
प्रतिकृयाको लागि snjaishy@gmail.com
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )