लघुकथा : न्याय

~यकिना अगाध~

न्यायधिसको पदभार ग्रहण गरेपछि उनलाई श्रीमतिले चिन्तित भएर सोधिन्,– ‘श्रीमान् सम्माननीय न्यायधिसज्यू, हजुरले अब कसरी दुधका दुध पानीका पानी छुट्याइ निसाफ गर्नु होला र ? यसको ठ्याक्कै विधि पनि त छैन होला ? कतै हजुरको फैसलाले न्याय पाउनु पर्नेलाई अन्याय त पर्न जाने छैन ?’श्रीमान् न्यायधिसज्यू मुसुक्क हाँसे तर श्रीमतिले आफ्नो भावभङ्गी नदेख्दै गम्भीर मुद्रामा बोले– ‘अहो मेरी प्राणप्यारी ! न्याय पाउनुपर्नेलाई कहाँ अन्याय पर्न दिनहुन्छ र ? र त न्यायालयमा दुध र पानी छुट्याउने कसी छन् ।

त्यसका पहिलो कसी हुन्– जसले ढंग पुर्याएर न्यायालयका मठाधिसको सेवा पुर्याउँछन्, उनी न्यायबाट वञ्चित हुने कुरै भएन ।’ श्रीमान् न्यायधिसज्यू यसरी बोलिरहँदा श्रीमतिले पुलुक्क हेरिन् । उनेले त्यहाँ देखिन् श्रीमान् न्यायधिसज्यूको पहिरन कात्रो जस्तो थिएन र त गोजीहरु फरफराइ रहेका थिए ।

दोस्रो कसी हुन् श्रीमान् न्यायधिसज्यू बोल्न थाले, ‘जो शक्तिमा छन् । न्यायालयका मठाधिसले अन्याय गर्ने भन्ने कुरै भएन ।’ श्रीमान् न्यायधिसज्यूतिर फेरि श्रीमतिले पुलुक्क हेरिन् र देखिन्– पृष्ठभूमिमा दुबै आँखा बाँधिएकी एक महिला तराजु उचालेर बसिरहेकी छिन् ।

हातमा ‘आदेस’का घन पक्रेर कुर्सीमा बिराजमान श्रीमान् न्यायधिसज्यू भने पावरवाला ठूलठूला चस्माका सिसाबाट दायाँबायाँ नियालेर गजधम्म फुलिरहेका छन् ।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.