~मिलन ढुङ्गाना~
झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै
व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै
न हुरी न बतास त्यसै आँफै ओइलिएर
फूल झरिरह्यो तिमी रोइरह्यौ कि कतै
रुझेका ति केशहरु फुकाउँदै सल्लाघारी
आवाज गरिरह्यो तिमी रोइरह्यौ कि कतै
किनारालाइ छिया पार्दै खोला उर्ली उर्ली
सिमा तरिरह्यो तिमी रोइरह्यौ कि कतै
चिहाउदै जुन कैले कैले लुक्दै बादलुमा
शित छरिरह्यो तिमी रोइरह्यौ कि कतै
कोल्टे फेर्दै अशुभ-अशुभ सपनाहरुसँगै
रात टरिरह्यो तिमी रोइरह्यौ कि कतै ।।।
झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै
व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै …
(स्रोत : रचनाकारको ब्लगबाट सभार)