गीत : गाउँ घर सम्झेर रुन्छ मन

~मालिकराम ‘वियोगी’~

जन्मथलो खोटाङ कर्मथलो हङकङ
गाउँ घर सम्झेर रुन्छ मन झन्

सुख पाउँला भनेर आइयो पर्देश
दुःख, पीर, वेदनामा बित्यो विदेश
गाउँ घरको मायाले तान्यो बेस्सरी
आफन्त र स्वदेशलाई भुलूँ कसरी
जन्मथलो खोटाङ कर्मथलो हङकङ
गाउँ घर सम्झेर रुन्छ मन झन्

गाउँघर आफन्तलाई छोडी आएर
विदेशको ठाउँमा दुःख पाएर
नबसौं कि जस्तो लाग्छ दुःख सहेर
आजै हिडौँ जस्तो लाग्छ स्वदेश सम्झेर
जन्मथलो खोटाङ कर्मथलो हङकङ
गाउँ घर सम्झेर रुन्छ मन झन्

मालिकराम ‘वियोगी’
हङकङ
2008/08/01

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.