~डा. सुशीला टाकभोरे~
अनुवाद: वीरभद्र कार्कीढोली
धेरै थोक पाउनु छ, उमेर गइसक्यो बितेर
सपना देख्दै – देख्दै
भागिरहेको समयसित बेखबर जिन्दगी।
पल समात्नु जान्नै नपाई
उमेर काटेर पनि
मनको अबोधपनले छोड्नै सकेन।
कस्तो होला हिसाब जीवनको
कसरी बाँचिरहेछु के भनेर?
के हराएं, के पाएँ?
ज्ञानदेखि अनभिज्ञ, वास्तविकतादेखि टाढा
जान्नै पाइनँ कहिले
आफ्नो अवस्थाको कारण
किन हो, यति बिघ्न लाचार, बाध्यता, अभावग्रस्त
श्रापित जीवन जिउनुको खातिर
बाध्यता!
राख्नु पर्नेरहेछ, आफ्नो निम्ति पनि आफूलाई
मनको अबोधपन त्यागेर पनि
जुझ्नै पर्नेरहेछ यथार्थसित
तब मात्र पाइनेरहेछ, लक्ष्य
पूरा हुनेरहेछ सपना!
(बिन्दु, अङ्क 116 – 117 – जून – सितम्बर 2010) – बाट साभार) – जनवरी 2011
(स्रोत : रचनाकार डट कम)