~यादव भट्टराई~
एक
भोलि के हुने हो आजै भेटेसम्म लपेट्दैछन्
हिजोआज मान्छेहरू मान्छेलाई लखेट्दैछन्
स्वार्थनिम्ति समाजमा आगो झोस्न खोज्नेहरू
आफ्नो ठाउँ जोगाउन भित्ता पनि घचेट्दैछन्।
दुई
लुटपाट, अराजकता शान्त कल्ले बनाउँछ?
सरिरहने साँधकिल्ला ठाउँमा कल्ले पुऱ्याउंछ?
जाति, भाषा, धर्म अरू नमिलेका कति के छन् –
धरापको राष्ट्रियता भन कल्ले बचाउँछ?
(स्रोत : मितेरी,2066 असार, काठमाडौबाट साभार)