कविता : मन

~पूर्ण योञ्जन~

जोश, उमङ्ग, विचारहरू
आवेशमा मथ्ङ्गलका चाकाहरू
बन्न खोज्छन् तरल मनका आवाजहरूसित।

युवा मन
आतुरिन्छ टेक्न शिखर सिर्जनाको।
मान्दैन फुल्न मन
पाकेको तनमा।

कदाचिच, बुढ़ो हुन्न मन।
युवा त हरियो मन पो हुँदोरहेछ सधैँ
– एकान्तमा पनि छन्।

ती तैंतीस कोटि अङ्ग-प्रत्यङ्ग
सल्बलाउँछन् हृदयतन्तुसित,
सल्बलाउँछ द्वन्द्व तिम्रो
हरेक धुकधुकीसित।

बैंशालु मादक तिम्रा नयनद्वय
बसन्तमा फुलेका गुराँस झैं
मदहोश ती अधरहरू
चुम्बन हरेक तपकाहरू!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.