~डा. बैद्यनाथ उपाध्याय~
पहाडमा हिउँजमेसरी
जमेको छ दु:ख।
मेरो आशाको सूर्य
भर्खरै डुबेको छ
क्षितिजपारी
छाएको छ निस्पट्ट अँध्यारो…
चारैतिर
धडकिरहेछन् छातीमा
महाकालका गतिहरू
छानामाथिबाट सर्र सर्र
लम्कँदै छ
युग
विनाशको हुरी चलेको
मेरो समयमा
संत्रस्त छु
कसरी बाँच्लान्
यी पदचिह्नहरू
बालुवामाथि।।