गजल : शरीरले साथ दिन्न !

~शेखर ‘अस्तित्व’~

गजल लेख्ने मन छ तर शरीरले साथ दिन्न !
मैले हात बढ़ाउँदा’नि, कलमले हात दिन्न !

अतीतका यादहरू भुल्न खोज्दा धेरै पिएँ !
किनहोला कुन्नी आज रक्सीले’नि मात दिन्न !

आफैलाई ठूला ठान्ने हरू हो यो नभुल है !
मान्छेलाई जन्मदिंदा ईश्वरले जात दिन्न !

मैले मानें, अहिले तिम्रो भाग्यमा छ रात तर,
यो नसोच समयले सुनौलो प्रभात दिन्न !

जिन्दगीले मान्छेसंग धेरै मजाक गर्दोरै’छ !
दाँत हुँदा मकै दिन्न, मकै हुँदा दाँत दिन्न !

‘अस्तित्व’ छ राख्न भने, फुल्न जान्नुपर्छ साथी,
बिरूवाले मात्र यहाँ काँडा अनि पात दिन्न !

बुटवल–६
हाल : मुम्बई,
20 जनवरी 2014

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.