कविता : एकान्तमा

~तारा पराजुली~

कोही आउने
कोही जाने
मुलबाटो जस्तै रहेछ एकान्त।

मलाई थाहा भए देखि नै
उमेरका प्रत्येक पृष्ठहरु
एउटैै जिन्दगीका हजार संस्करण बनेर
एकेक आउंछन् एकान्तमा

कहिल्यै फर्केर नआउने बालापन
आफैंबाट छुट्टिएर गएको समय
सबै सबै आउंछन् एकान्तमा।

बिर्सिएको ईतिहास
भेटिएको प्रेमको तस्वीर
च्यातिएका प्रेमपत्र
भत्किएको विश्वासको देबल
प्रिय मान्छेहरुको दिवंगत अनुहार
फेरि फ़ेरि दोहोरियोस् झैं लाग्ने
उल्लासको सुन्दर अध्याय
नफर्कियोस् झैं लाग्ने
दुःखको फेहरिस्त
कहिल्यै नखुलोस् लाग्ने अभावको झ्याल
गल्ती पछिको पश्चाताप
लस्करै आउछन् एकान्तमा।

आकाश छोप्न छोडेर आउंछ
तानाशाह कुहिरो मैमाथि
ब्युझिंएर गोप्य समय
सुनाउदै अनौठो दर्शन
आउछन वर्तमान,भूत र भविष्य
एक साथएकान्तमा
यी सबै भन्दा पनि धेरै
तिम्रो याद आउछ एकान्तमा।

– तारा पराजुली,मोरङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.