~केशव आचार्य~
पागल बनायौ प्रीय यो दिल हरेर पागल
बसन्ती रङ्ग छरेर जादु गरेर पागल
सम्हालेर आफुलाई जीवन चलाउँदै थिए
फेरि उस्तै बनायौ टाढा सरेर पागल
तिम्रो लायक कहाँ थिए तैपनि मन परायौ
हाँस्ने रुने बनायौ आँखा तरेर पागल
तिम्रो माया पाउन सहन्छु पीर हजारौं
भनुन बरु सबैले जिउँदै मरेर पागल
शब्द : केशव आचार्य
सङ्गीत / स्वर : शिव परियार
सङ्गीत संयोजन : किरण कंडेल
एलबम : पागल