कविता : युक्लिप्टस : आउने पिँढीलाई आशीर्वाद

~नव सापकोटा~

रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू
गडेर हेर्ने इच्छाले त्रिनेत्र जड्नेहरू
रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू

चालै नपाई नाङ्गिए युक्लिप्टसका रूखहरू
जस्तो
नाङ्गिँदै छन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू
जस्तो
यो कस्तो?

पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू–
झैँ यसको छायामा हुर्केका यौवनहरू
छैन र यसमा अर्को गुण ‘सधैँ हरियो रहने’ यसका पातहरू

भन्न मन लाग्छ यसैले—
युक्लिप्टसको छायामुनि मौलाएका यौवन
नचढून् हाँगा–हाँगामा
बरु झाँगिऊन् यसका
सदा हरित पात–पातमा ।

– गुवाहाटी, असमबाट

(स्रोत : कविको कविता सङ्ग्रह “युक्लिप्टस : आउने पिँढीलाई आशीर्वाद” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.