~विवेक घिमिरे~
आऊ न साथी सगैँ पिऔँ
सगैँ बसेर दुई गिलाँस जिऔँ
जीवनपीडालाई मीठो गीत बनाई
मातिएर आज सगैँ पिऔँ
आऊ न साथी सगैँ पिऔँ
सगैँ बसेर दुई गिलाँस जिऔँ
पश्चातापमा तिमी जल्यौ होला
मेरो पनि घमण्ड रित्तिसक्यो
रून्छु सम्झि ती अतीतलाई
तर यथार्थः ती पल बितिसक्यो
थहा छैन कहाँ छौ तैपनि बोलाइरहेछु
सुन्छौ भने आऊ म तिमीलाई नै कुरिरहेछु
आऊ न साथी सगैँ पिऔँ
सगैँ बसेर दुई गिलाँस जिऔँ
धेरै ढोङ् गरे मैले मैँ हूँ भनेर
नाथे जीवन मैले कहिले बुझिन
राम्रा कोही मैले राख्न सकिन
नराम्रालाई आफ्नो बनाउन सकिन
भोलि भनेर नथाकी सधैँ हिडिरहेँ
रित्तो गिलाँस सिवाय केही पाउन सकिन
आऊ न साथी सगैँ पिऔँ
सगैँ बसेर दुई गिलाँस जिऔँ
तिमी पनि बाचिँराको छौ
सायद धेरै पीडा झेल्यौ होला
दुई किनारा नदीको भई बाँच्नुप¥यो
ठगिएको नियतीदेखि रिसायौ होला
देखाई ओठमा हाँसो सधैँ
एकान्तमा एक्लै रोयौ होला
आऊ न साथी सगैँ पिऔँ
सगैँ बसेर दुई गिलाँस जिऔँ
सधैँ हुन्न हुदैँन भनिरह्यौ
तर आज तिमीले पनि पिउनुपर्छ
सास फेर्न समेत सम्झौता गर्दैछु
एक बसाइँ तिमीले मेरो धन्य पार्नुपर्छ
वाचा गर्छु भोलिदेखि कहिल्यै पिउँदिन
तर आज तिमीले पनि पिउनुपर्छ
अन्तिम बसाइँ मेरो जिन्दगीको
धन्य तिमीले पार्नुपर्छ
आऊ न साथी सगैँ पिऔँ
सगैँ बसेर दुई गिलाँस जिऔँ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)