~प्रद्युम्न श्रेष्ठ~
जिन्दगीको पचासौं वर्षगाँठमा उ केक काटिरहेको थियो। अब भोलिदेखि उ एकाउन्नौं वर्ष टेक्नेछ।
उ केकले टेकेको सुन्दर सीसा हेर्छ, अनि आफूले टेकेको भुईं।
खै त मैले कर्म टेक्न सकेको? म प्रत्येक वर्षको उमेर टेक्दै मात्र गएछु। उमेरसितै कर्मको माइलखुट्टी गाड्दै जान सकिनछु।
म यो जन्मदिन भने मेरो अकर्मण्यताको मृत्यु दिवस मनाइरहेको त छैन?
(स्रोत : रचनाकार डट कम)