गजल : खानदानी सोधियो !

~आचार्य निश्चल~

नाम भन्दा पहिले खानदानी सोधियो !
डिभी, पिआर सोधियो राहदानी सोधियो !

केटी हेरि फर्किएका रामे दाई भन्दैथिए,
काम सोधिएन केवल आम्दानी सोधियो !

सम्पति मै केन्द्रित भए हुनेवाला ससुरा बा,
न त रुचि सोधियो, न त आनीबानी सोधियो !

धनी बाउ कि एक्ली छोरी, काम गर्ने त कुरै छैन,
बिहे पछी के-के हुन्छ मेजमानी सोधियो !

आचार्य निश्चल
नारायण नगरपालिका-३, दैलेख !
हाल  : विरेन्द्रनगर-१७, लाटीकोइली, सुर्खेत !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.